हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ४२ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा सबै  स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ३१ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने ११ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,३८६पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा  ५ महिना देखि ७४ वर्ष बीचका १५ जना पुरुष र २७ जना महिला परेकाछ्न। आज २० प्रारम्भिक पोजेटिभ केस देखा परेकाछ्न।

सेन्ट्रल काउलुन रुट- सेन्ट्रल टनल क्लस्टरबाट २ वटा केस आज थपिएको छन । यो क्लस्टरबाट संक्रमित हुनेको संख्या २० पुगेको छ ।

चुङ क्वान ओ लाम तीन टनलबाट आज ४ केस आएकाछ्न।

हङकङ एन्ड काउलुन फेरिबाट ३ वटा केस आएकोछ ।
वङ ताइ सिन स्थित तीन मा कोर्टको हाताभित्र पर्ने चु वाइ हाउसमा केही केस देखिएका कारण  यो भवन अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने सुचीमा परेकोछ।

जोर्डन रिक्लेमेसन स्ट्रीट क्लस्टरबाट २० जना  भन्दा बढी व्यक्ति घनिष्ठ संसर्ग सुची (क्लोज कन्ट्याक) मा परेकाछ्न । कोभिड रोगीको नजिक रहेका यी सबै जना क्वारेन्टाइनमा जानू पर्नेछ।
आज एकजना ८१ वर्षीय पुरुष रोगीको कोरोना संक्रमणबाट देहावसान भएकोछ। कोरोना भाइरस संक्रमणबाट निधन हुनेको संख्या हङकङमा १६१ पुगेकोछ।

जोर्डनको रिक्लेमेसन स्ट्रीट क्लस्टरको हाल सम्मको विवरण यस्तो छ।
१. २० नम्बर रिक्लेमेसन स्ट्रीटका दुई वटा युनिटबाट ७ जना व्यक्ति संक्रमित
२. २२ नम्बर रिक्लेमेसन स्ट्रीटको एउटा  युनिटबाट २ जना व्यक्ति संक्रमित
३. २४ नम्बर रिक्लेमेसन स्ट्रीटबाट शुन्य संक्रमित
४. २६ रिक्लेमेसन स्ट्रीटका १० वटा युनिटबाट १४ जना संक्रमित
२२ जना व्यक्ति गत रात क्वारेन्टाइनमा पठाइएको छ।

तपाईको प्रतिक्रिया