काठमाडौं । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । गीतमा युवा युवती बीच आगामी समयमा लगनगाँठो गाँस्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ ।
दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लगन कसेर’ गीतको भिडियोमा विजय पुन र विमता धर्ति मगरको अभिनय रहेको छ ।

‘लगन कसेर’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया