१४ डिसेम्बर २०२१। हङकङ । क्रान्ति सुब्बा

हिजो डिसेम्बर १३ तारीख हङकङ सरकारको स्वास्थ शाखाले ४२ जना संक्रमित केस भएको घोषणा गरेको थियोे । हिजो बेलुकी सेन्टर फर हेल्थ प्रोटेक्सनले पोजेटिभ पुष्टि भएका व्यक्तिको संख्या र केहि बिल्डिङ्को विवरण अप्डेट गरेको थियो । जस अनुसार रिक्लेमेसन स्ट्रीटको २० देखि २६ नम्बर बिल्डिङबाट थप छ जना वासिन्दा संक्रमित भएका थिए । यो इलाकाबाट संक्रमित हुनेको संख्या २७ पुगेको थियोे हिजो ।

आज बिहान करिब ६ बजे तिर महामारी व्यवस्थापन गर्ने सरकारी अधिकारीहरु आएर यो रिक्लेमेसन स्ट्रीटका सबै संक्रमित बिल्डिङ्बाट सबै वासिन्दालाई क्वारेन्टाइनमा लाने व्यवस्था गरेको थियोे । यो क्षेत्रलाई प्रहरीले पुरै रिबनले घेराउ गरेको थियोे । यहाँका ७९ जना वासिन्दालाई स्वास्थ बिभागले सवारी साधन व्यवस्था गरि क्वारिन्टिन सेन्टर लगेको थियो आज बिहान ९ बजे सम्ममा ।

बुधबारको दिन १६८ नम्बर सांघाइ स्ट्रीटबाट एकजना संक्रमित थपिएका थिए र यी थपिएका रोगी चुङ क्वान ओ लाम तीन टनल कन्स्ट्रक्सन साइटमा काम गर्ने व्यक्ति हुन। ३१५ नाथान रोड सम्म संक्रमण सल्केको स्थिति छ। जोर्डन एरियाबाट एकैदिनमा १३ जना पोजेटिभ पुष्ठि भएको थियो ।

२० -२६ रिक्लेमेसन स्ट्रीटबाट केही मिनेट परतिर पर्ने ५७७ क्यान्टोन रोडबाट पनि २ वटा पोजेटिभ केस थपिएकाछन । यहाँबाट थपिएका रोगीहरु सेन्ट्रल काउलुन रुट-सेन्ट्रल टनल प्रोजेक्टबाट आएका हुन। एकजना रोगी २५ वर्षकी महिला ( केस नं९३५१) हुन जो जनवरी १० तारीख बिरामी भएकी थिइन। अर्कि रोगि २६ वर्षकी महिला ( केस नं९३53)हुन जो जनवरी ११ मा बिरामी भएकी थिन।

आज हङकङमा जम्मा २९ वटा कोरोना पोजेटिभ पुष्टि केस रेकर्ड भएको कुरा सेन्टर फर हेल्थ प्रोटेक्सनले जनाएकोछ। जस अन्तर्गत ३ आयातित र २६ लोकल केस रहेकाछ्न। हङकङमा जम्मा संक्रमित केस ९,४१५ पुगेकोछ।

आजको कोभिड संक्रमित २९ जनाभित्र २ महिना देखि ८१ वर्षका १३ पुरुष र १६ नारी परेका छ्न। आजको प्रारम्भिक पोजिटिभ सुचीमा ३० जना परेकाछ्न।

आज सूचीकरण भएको स्थानीय केस मध्ये १३ केसको संबन्ध पुर्व केससंग रहेको र १३ केस अपुष्ठ स्रोतबाट आएको छ।

सेन्ट्रल काउलुन रुट्को मा थाउ कोक कन्स्ट्रक्सन साइटबाट आज दुई केस थपिएका छ्न। यो क्लस्टरबाट संक्रमित हुनेको संख्या २२ पुगेको छ।

२४ नम्बर रिक्लेमेसन स्ट्रीट , जोर्डन, याउ मा तेइको बिल्डिङ्बाट आज एउटा नयाँ केस र एउटा प्रारम्भिक पोजेटिभ केस थपिएको छ।

गत दुई हप्ताको अवधिमा याउ चिम मोङ डिस्ट्रीकबाट जम्मा ८० वटा कोभिड केस रेकर्ड भएकोछ। ती ८० केस भित्र पर्ने रोगिहरु जोर्डन रोड, टेम्पल स्ट्रीट, क्यान्टोन रोड र वुसुङ रोडमा बस्ने व्यक्तिहरु हुन।

जोर्डन एरियाबाट आज थपिएका केसहरुको विवरण निम्न बमोजिम छ्न।

१. केस नं ९३९१ – याउ मा तेइ , जोर्डन २१० टेम्पल स्ट्रीटबाट

२.केस नं ९४०६ – याउ मा तेइ , जोर्डन ३० रिक्लेमेसन स्ट्रीट्बाट

३.केस नं ९४१० – याउ मा तेइ जोर्डन १६३-१६५ शांघाइ स्ट्रीट

४.केस नं ९४१२ – याउ मा तेइ जोर्डन १६३-१६५ शांघाइ स्ट्रीट

५. केस नं ९४१४ – याउ मा तेइ जोर्डन २४ रिक्लेमेसन स्ट्रीट

६. केस नं ९४०७ – याउ मा तेइ जोर्डन , अनर हाउस

कन्स्ट्रक्सनमा काम गर्ने केही नेपालीहरु पनि भर्खरै फैलिएको कोभिड्को सिकार भएको कुरा आजको प्रेश मिटिङमा डाक्टर च्याङ सुक क्वानले गरिन। उनिहरुबाट आफ्नो परिवार र साथीहरुमा भाइरस फैलिएको कुरा जनाइन।

जोर्डन नर्थका विशेष गरि नेपाली समुदायलाई नजीकबाट नियालेका चीनिया मुलका जिल्ला परिषद सदस्य फ्र्यान्क होले पनि नेपालीहरुलाइ कोभिड संक्रमण भएकोमा दुख प्रकट गरे।”केहि समय अगाडि हो मान तिनको कन्स्ट्रक्सन साइटबाट सात जना संक्रामण भएका थिए र ती सबै नेपाली नै थिए” उनले भने।

आज बेलुकी किन प्रहरीहरुले जोर्डनको २०-२६ रिक्लेमेसन स्ट्रीट घेराउ गरेका भन्ने प्रश्नको उत्तरमा उनले भने – ” हामीले त्यो संक्रमित बिल्डिङको धुरीमा बत्ति बलेको देख्यौं । त्यसपछि क्वारेन्टाइनमा जान छुटेका कोहि छ्न कि भनेर प्रहरीलाई बोलाएको हो।”

चुङ क्वान ओ लाम तीन टनलबाट आज २ केस थपिएकोछ।यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुगेको छ।

आजको आयातित केसमा अमेरिकाबाट फ्लाइट नं CX८८१ मार्फत जनवरी १२ तारीख घरदेश फर्किएका एकजना केस नं ९३८९ वाहक व्यक्ति परेका छ्न। अर्को आयातितमा फिलिपिन्सबाट फ्लाइट नं PR३०० मार्फत २४ डिसेम्बरमा हङकङ फर्किएकी केस नं ९४०१ वाहक एक डोमेस्टीक हेल्पर परेकी छिन। उनले ७ जनवरीमा आफ्नो क्वारेन्टाइन अवधि पूरा गरेकी थिइन तर आफ्नो मालिकको घरमा गएपछि उनलाई खोकी चल्न थाल्यो। केही समयपछि ज्वरो पनि आउन थाल्यो । र ऊनी उपचारको लागि आकस्मिक कक्षमा गइन।अहिले उनको मालिकको सपरिवार क्वारेन्टाइनमा जानू पर्ने भएकोछ।

आज थप तीन वटा बिल्डिङ अनिवार्य कोरोना परिक्षणमा जाने सुचिमा परेकाछ्न । ती हुन १. यान शेक हाउस , सेक याम स्टेट, क्वाइ चुङ २. स्पेक्ट्रा, ८ क्वोङ यिप स्ट्रीट ,युन लङ ३. १६३-१६५ सांघाइ स्ट्रीट, याउ मा तेइ ।

क्वाइ चुङमा पर्ने यान शेक हाउसका सबै बासिन्दालाई क्वारेन्टाइन सेन्टर पठाइने भएकोछ।

तपाईको प्रतिक्रिया