काठमाडौँ । गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।
प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाण्डौ र ललितपुरको रमणीय स्थलहरुमा छायाँकन गरिएको गीतको भिडियोमा शन्त कुमार राई र अनुसा राईको अभिनय देख्न सकिन्छ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडीको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा इशाक जबेगुको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियो एस के आर पिक्चरबाट बजारमा आएको हो ।

‘म पर्खिरहेछु’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया