१५ डिसेम्बर २०२१।हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ३८ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा ३ वटा केस आयातित ३५ वटा   स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये २१ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने १४ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,४५३ पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा  ६ महिना देखि ७५ वर्ष बीचका २१ जना पुरुष र १७ जना महिला परेकाछ्न। आज ४० प्रारम्भिक पोजेटिभ केस देखा परेकाछ्न। कम्युनिटी टेस्टिङ सेन्टरबाट १३ वटा केस आएका छ्न आज।

आयातित केसमा स्विजरल्यान्डबाट आएका एक जना क्याबिन क्रीउ , एकजना इन्डोनेसिया र एकजना फिलिपिन्सबाट आएका डोमेस्टिक हेल्पर परेका छ्न।

राजमार्ग विभागद्वारा परिचालित सेन्ट्रल काउलुन रुट – सेन्ट्रल टनल कन्स्ट्रक्सन साइटसंग संबंधित चार केस आज दर्ता भएका छ्न।
आज थप दुइटा बिल्डिङ अनिवार्य कोरोना परिक्षणमा जाने सुचीमा परेका छ्न ।१. हिउँ फुङ हाउस ,फुङ वाह स्टेट, चाइ वान । यो भवनबाट जम्मा पाँच जनामा आज पोजिटिभ देखिएको हो। २. १५-२७A ,  पीट स्ट्रीट , याउ मा तेइ। यो भवबाट २ जना पोजेटिभ भएका छ्न।

यान शेक हाउस , शेक याम स्टेट, क्वाइ चुङ का सबै  बासिन्दाहरुलाइ क्वारेन्टाइन सेन्टर पठाइसकिएकोछ।
रिक्लेमेसन स्ट्रीटका करिब ९० जना बासिन्दालाई क्वारेन्टाइन सेन्टरमा लगिसकिएकोछ।

हालमा याउ मा तेइ र जोर्डन एरिया कोरोनाको नयाँ केन्द्रको रूपमा विकसित भैरहेको छ। हङकङका अल्पसंख्यक जाति जस्तै नेपाली , भारतीय , पाकिस्तानी आदि समुदायको बाक्लो बसोबास भएको स्थान हो जोर्डन र याउ मा तेइ। यो समुदायबाट पनि कोरोना संक्रमित हुनेको संख्या बढेकोले सरकारले अहिले यो समुदायको लागि छुट्टै कोरोना सचेतना अभियान नै शुरु गरेकोछ।

तपाईको प्रतिक्रिया