सम्मान तथा वार्षिकोत्सबको भिडियो हेर्न माथि क्लिक गर्नुहोस् ।

क्रान्ति सुब्बा,हङकङ । हङकङमा विगत १२ वर्षदेखि निरन्तर हङकङका नेपाली गतिविधि तथा स्थानीय समाचार डिजिटल माध्यमबाट एनएचडिडी स्टुडियोले प्रशारण गर्दै आएको छ। यसै सन्दर्भमा यस एनएचडिडी स्टुडियोले यही अप्रिल १५ तारीख शनिबार जोर्डनको ब्लु ओसन रेस्टुरेन्टमा आफ्नो १२औं वार्षिकोत्सब मनाएको छ। स्टुडियोका संस्थापक तथा निर्देशक देवमान लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकि प्रमुख अतिथि नेपाली महासंघकि अध्यक्ष रिता गुरुङ थिइन ।

दीप प्रज्वलन गरि शुरु गरिएको संचारकर्मी देवराज राइद्वारा संचालित सो कार्यक्रमको शुरुमा चीन तथा नेपालको राष्ट्रिय गीत भएको धुन बजाइएको थियो ।
एभरेस्ट मिडियाका संस्थापक संपादक स्वर्गीय किसन राइको तस्बिरमा माल्यार्पण गरि एक मिनेट मौनधारण  पश्चात् फेडेरेसन अफ नेपाल इन्डिजिनियस नेसनालिटिज हङकङका महासचिव टोपराज तामाङले स्वागत मन्तव्य दिएका थिए ।


मन्तव्य तथा शुभकामना दिनेहरूमा क्रमशः प्रमुख अतिथि रिता गुरुङ , अतिथिहरु क्रमशः समाज सेवी इन्द्र वनेम , अरुणा गुरुङ र एनआरएन अध्यक्ष गोकर्ण ढकाल , बुद्धिजीवी डाक्टर चुरा थापा,संचारकर्मी इन्द्र लक्सम र खुशी लिम्बु रहेका थिए ।
एनएचडिडी स्टुडियो स्थापना भए यता प्रबिधि तथा संचार शाखामा विभिन्न समयमा योगदान पुर्याउने व्यक्तित्वलाई कोट लागाइ दिएर , खदा ओढाएर र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तिम सत्र संचारकर्मी अनोज रोकाले संचालन गरेका थिए जसमा एनएचडिडीका पुर्व प्रस्तोता द्व्य इन्द्र लक्सम र क्रान्ति सुब्बासंग हङकङको नेपाली संचारबारे संक्षिप्त अन्तरक्रिया गरिएको थियो । यसै सेसनमा बुद्धिजीवी डाक्टर चुरा थापासंग पनि हङकङको नेपाली समाजको वस्तुस्थितिबारे अनोज रोकाले भलाकुसारी गरेका थिए ।


यस कार्यक्रममा सम्मानित व्यक्तिहरुको नामावली यस प्रकार रहेको छ।

१. डम्बर कृष्ण श्रेष्ठ (अनुशील)

2. इन्द्र लोक्सम

3. क्रान्ति सुब्बा

४. किशोर कुमार चेम्जोङ

५. कृष्णराज लावती

६. बर्धोज ओख्राबो

7. तिलक सोमाई

८. भूपेन्द्र चेम्जोङ

9. नवीन सुहाङ

10. मौसम इम्बुङ ( फुलन्देको बाउ)

११. टोपराज तामाङ

12. दिपेन याक्थुङ्बा

१३.अनोज रोका

१४. सुवास राई (दीपेन)

15. टंक सम्बाहम्फे

१६. मातृ दीप राई

17. जगत अम्बु गुरुङ

18. किशोर थेबे

१९. अमृत राई

२०. टंक राई (केन्जो)

२१. जीतहाङ लिम्बु

२२. शेशे हाङ लिम्बु

२३. दिपेश लिम्बु

२४. ले हाङ लिम्बु

२५. डा.  चुरा थापा

२६. युवराज मगर (UB)

२७. जुनकीरी

२८. विक्रम गुरुङ (ज्याप स्टुडियो)

२९. कृष्ण गुरुङ (जेपीटी हङकङ)

३०. अमृत गुरुङ (एचके दर्पण)

३१. पसन तमुपहान  / HKNepal.com

३२. डिटु इन्टर्टेन्मेन्ट  /D2 entertainment

३३. मिलन गुरुङ (MShots)

34. प्रविण बराइली

35. विजय सुब्बा

३६. देवराज राई

३७. टिबि याक्खा

३८. गुल्मेली  अनलाइन

३९. मज्जाको राई

४०.  राजकुमार बुढाथोकी

४१. पुष्पा गुरुङ (गुरुआमा)

४२. मरिना राई (सोसल वर्कर)

४३. ओम गुरुङ

४४. तुलसी कुमार गुरुङ

४५. अम्बिका तामाङ

४६. खड्ग लिलेश्वरी

४७. दिवाकर राई

४८. भुपेन योङहाङ (गायक)

४९.आमोद राई

५० रामली राई

५१. देवराज सुनुवार

५२. शोभा मगर राई

५३ राज

५४. नमिता लिम्बु (नैना)

५५ मधु कुमार राई

५६. सृजन नेपाल

५७. रमेश मगर

५८ योगेश राई

५९. भोला गुरुङ

६०. डीबी पालुङवा

६१. पवन सुब्बा

तपाईको प्रतिक्रिया