शान्तिश्री परियार र योगेन पुनको स्वरमा `माछी खेल्यो खोलीमा´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। टीका सानू युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस युगल गीतमा शिशिर भण्डारी र आयुष्मा कार्कीको अभिनय रहेको छ। अभिनयमा साथ दिने कलाकारमा भीम नारायण पुन र शिराज पुन रहेका छ्न।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा शैलेन्द्र थापाको शब्द, संगीत टोपेन्द्र बाबु , एरेन्ज कृष्ण बीके(भान्जा) र मिक्सिङ/ मास्टरिङ कुमार रानाको रहेको छ भने रेकर्डिस्ट सुमन राना र खुमन राना रहेका छ्न।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी नरेश वीर सिंह ,कन्सेप्ट ध्रुव पुन , सिनेमाटोग्राफ बिरेन्द्र परियार टिम र अमर रावलको रहेकोे छ। पोस्ट प्रोडक्सनमा ध्रुबे ध्रुबेनी फिल्मस प्राइभेट लिमिटेड र मेकअपमा अनिशा नानू  रहेको यस भिडियोको एडिट अनिल बिष्ट प्युठानिले गरेका हुन।


म्युजिक भिडियोको लिङ्क

तपाईको प्रतिक्रिया