काठमाडौं । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको `जिन्दगीको मोडहरुमा´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वयं सरगम राईको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईले संगीत संयोजन गरेका छ्न।

गीतमा दिपा लामाको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा युवा माँझ निकै रुचाइएका प्र्याङ्क स्टार एलिस राई र विमला खजुमको पनि अभिनय छ । भिडियो एलिस राईको परिकल्पना र निर्देशनमा तयार पारिएको हो । सरगम राईको यस अगाडि `खुशी साटौ जुनी काटौ´ `माया गाढा छ ´, `पाती चढाउला´,`दुई मुटु´ लगायतका गीतहरु लोकप्रिय रहेका छन ।

भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जीवनका विभिन्न घटना क्रमहरुलाई सिलसिलाबद्ध रुपमा देखाउन खोजिएको छ । दुःख पछिको सुख र नव विवाहित जोडिले जीवनमा भोग्ने गरेको संघर्षलाई गीतमा सफल रुपमा चित्रण गरिएको छ । काठमाण्डौं र ललितपुरमा रहेका रमणीय ग्रामिण परिवेशलाई गीतमा समेटिएको छ । गीतलाई ’आर जि टी फिल्मस’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संकल्प भुजेलको छायाँकन , अनिल रानाको सम्पादन र एलिस राईको निर्देशनमा भिडियो तयार गरिएको हो ।

भिडियो लिंक

तपाईको प्रतिक्रिया