१६ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

हङकङका स्वस्थ्य निर्देशकले याउ म तेइको जोर्डन स्थित २०,२२,२४ र २६ नम्बर रिक्लेमेसन स्ट्रीटका भवनहरुलाइ पुर्णरूपमा सिल गर्ने आदेश जारी गरेकाछ्न। रोग निवारण तथा नियन्त्रण अध्यादेशको अनुच्छेद २५ को क्याप्सन ५९९A अन्तर्गत जारी गरिएको यो आदेशको उदेश्य ती भवनमा बस्ने मानीसहरुको कन्ट्याक ट्रेसिङ अर्थात कोरोना संक्रमित मानिस संग सम्पर्कमा रहेका वासिन्दामा भाइरस छ छैन भन्ने पत्ता लाउने प्रक्रियालाई प्रभावकारी तुल्याइ जनसमुदायलाई कोरोना प्रकोपबाट बचाउनु हो।

यो आदेश आज मध्य रातबाट लागू हुनेछ।

यी भवनहरुमा कोरोना भाइरस संक्रमण ह्वात्तै बढेपछि यो आदेश जारी भएको हो। यी सबै भवन एक आपसमा जोडिएको र भवनभित्रका थप बिभाजीत फ्लाटका वासिन्दाको विवरण पहिचान गराउने कुनै सुची फेला नपरेका कारण कन्ट्याक ट्रेसिङ कार्य सम्पन्न गर्न स्वास्थ बिभागलाई कठिन भएको स्थिति थियो । तर यो आदेशले अब बाँकी रहेका यी बिल्डिङ्बासीको पहिचानलाई खुट्याउन मद्दत गर्दछ र संबंधित व्यक्तिको क्वारेन्टाइनलाई व्यवस्थापन सहयोग गर्दछ।

अध्यादेशको अनुच्छेद ३१ अनुसार यो आदेश लागू भैसकेपछी स्वस्थ अधिकारी बाहेक अरु कोही पनि भवनभित्र प्रवेश गर्न , भवनबाट बाहिर जान पाइने छैन। भवनभित्र कुनै चिज लान र भवनबाट कुनै चिज बाहिर लान पाइने छैन। यदि माथी उल्लेख गरे बमोजिम गर्नु परेमा स्वस्थ अधिकारीको लिखित अनुमति लिनु पर्नेछ। यो आइसोलेसन अर्डर २८ जनवरी मध्य रातसम्म लागू हुनेछ। बेलैमा आज प्रहरीले प्रभावित भवनलाई सुरक्षा रिबनद्वारा सिल गर्नेछ्न।

महामारी फैलिए उप्रान्त प्रभावित भवन लाई एक्लो पारेको यो नै पहिलो घटना हो। यस्तो आदेश हङकङमा ११ वर्ष अगाडि स्वाइन फ्लु ले शहरलाई गाजेको बेला सन २००९ मा जारी भएको थियो । त्यसबेला केउ ग्रीन होटेल वान चाइ हङकङ ( मेट्रो पार्क) का बासिन्दा र कर्मचारीलाई दुई हप्ता घर भित्र नै रहन आदेश दिइएको थियोे ।

हालसम्म प्रहरीको सहयोगमा करिब ९० जना बासिन्दालाई क्वारेन्टाइनको लागि क्वारेन्टाइन सेन्टरमा लाने कुराको प्रबन्ध स्वस्थ बिभागले गरिसकेकोछ। उनिहरुको अब टेस्ट हुन बाकी छ। प्रहरीको सहयोगमा यो क्रम जारी रहनेछ।

आज हङकङमा ५० भन्दा बढी कोभिड -१९ केस देखिने संभावना रहेकोछ।

तपाईको प्रतिक्रिया