१६ जनवरी हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ५० वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा १ वटा केस आयातित ४९  वटा   स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ३४ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने १५ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,५०३ पुगेकोछ आज भने मृत्यु संख्या १६२ पुगेकोछ। आजका नयाँ दर्ता भएका केसमा  ६ वर्ष  देखि ७९ वर्ष बीचका २१ जना पुरुष र २९ जना महिला परेकाछ्न। आज ४० प्रारम्भिक पोजेटिभ केस देखा परेकाछ्न। कम्युनिटी टेस्टिङ सेन्टरबाट ११ वटा केस आएका छ्न आज भने करिब ३० वटा प्रारम्भिक पोजेटिभ केसहरु पुर्ण पोजिटिभ हुने सुचीमा परेकाछ्न।

आयातित केसमा पाकिस्तानबाट फर्केका  एक जना व्यक्ति परेकाछ्न।

राजमार्ग विभागद्वारा परिचालित सेन्ट्रल काउलुन रुट – सेन्ट्रल टनल कन्स्ट्रक्सन साइटसंग संबंधित चार केस आज दर्ता भएका छ्न। यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ३० पुगेकोछ।
चुङ क्वान ओ – लस्म तीन टनल कन्स्ट्रक्सन साइटसंग संबंधित २ वटा केस आज आएकाछ्न। यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ।

यान शेक हाउस , शेक याम स्टेट, क्वाइ चुङबाट आज एकजना पोजिटिभ थपिएको छ ।

याउ चिम मोङ जिल्लाका अनिवार्य कोरोना परिक्षणमा गएका २२ वटा भवनसंग संबंधित क्लस्टरबाट आज एउटा स्थानीय पोजिटिभ  केस र पाँच अज्ञात स्रोतका केस थपिएकोछ्न जसभित्र नेपाली गृहिणी , सेल्समा काम गर्ने व्यक्ति र एकजना डोमेस्टिक हेल्पर परेकाछ्न।

हेनरी जि ल्यङ याउ म तेइ कम्युनिटी सेन्टर बाहिर कोरोना भाइरस टेस्ट गर्न जाने नागरिकहरुको निकै लामो लाइन थियोे ।
एकजना ७३ वर्षका कोरोना संक्रमित पुरुषको निधन आज क्युइन मेरि अस्पतालमा भएकोछ।

जोर्डन नर्थका जनप्रतिनिधि जिल्ला परिषद सदस्य फ्य्राङ्क होको समुहले आज कोरोना सचेतना अभियानलाई अघि बढाउने सिलसिलामा नाथन रोडको अनर हाउस र सांघाइ स्ट्रीटको युनाइटेड मेन्सन ब्लक A का वासिन्दालाई  भेटेका छ्न। कोरोना परिक्षण भएको / नभएको तसल्ली गर्ने , टेस्टिङ सेन्टरको ठेगाना बताइदिने लगायतका कामहरू गरेको कुरा हो ले बताए । करिब छ घन्टा भवन अगाडि उभिएर करिब चार सय मानिसलाई सोधपुछ गरेको कुरा उनले बताए। उनको समुहले भेटेका मानिसमा करिब चालीस प्रतिशत नेपाली रहेको उनले बताए।

तपाईको प्रतिक्रिया