१७ जनवरी २०२१। हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ सरकारले हिजो (जनवरी १६) बाट जोर्डन, याउ मा तेइ इलाकाका २० वटा भवनमा अनिवार्य कोरोना परिक्षण कार्यक्रम युद्धस्तरमा थालेकोछ।

याउ चिम मोङ जिल्ला कार्यलयको पहलमा यो इलाकाका नागरिकको लागि कोरोना फ्री टेस्टको लागि कुन चुङ स्पोर्ट्स सेन्टरमा एउटा नमूना संकलन केन्द्र स्थापना गरिएकोछ । नमुना संकलन गर्ने अर्को घुम्ती स्टेशन भएको गाडी क्यान्टोन रोड , जोर्डन रोड र साइगन स्ट्रीट(जेड स्ट्रीट ) को बीचमा राखिएकोछ। अनिवार्य परिक्षणमा जानुपर्ने नागरिकले हेनरी जि ल्यङ कम्युनिटी सेन्टरमा खडा गरिएको निशुल्क परिक्षण केन्द्रमा गएर समेत कोरोना परिक्षण गर्न सक्छ्न।

परिक्षणलाई सहज र प्रभावकारी तुल्याउन हङकङको गृह मामिला विभाग र याउ चिम मोङ कार्यलयले नेपाली , उर्दु र अन्य भाषा जान्ने सहयोगीलाई साथमा लिएर घरदैलो कार्यक्रम चलाइरहेकाछ्न ।अनिवार्य कोरोना परिक्षण गर्नु पर्ने सूचना प्रवाह गर्ने क्रममा संबंधित नागरिकको विवरण दर्ता गर्ने र अनिवार्य परिक्षण संबंधी सूचना भएको बहुभाषिक पर्चा बाड्ने काम पनि भैरहेको छ। हिजो जम्मा ४४० भन्दा बढी घरले सफलपुर्वक आफ्नो नाम दर्ता गर्न सफल भएकाछ्न।

अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने सूचना जारी भए यता १,१०० जना भन्दा बढी नागरिकले हिजो सम्ममा सहभागिता जनाएका थिए । २,३०० जना भन्दा बढी बासिन्दाले स्वेच्छाले परिक्षण गराइसकेका छ्न।

अनिवार्य परिक्षणमा जानू पर्ने भवन मध्येमा जुन भवनमा एक वा दुई कन्फर्म केस छ्न त्यो भवनलाइ गृह मामिला विभागले वृहत् सरसफाइ गरिदिने भएकोछ।

अनिवार्य भाइरस परिक्षणमा जानू पर्ने सूचना पाएका नागरिकहरुले यथाशीघ्र परिक्षण गरि भाइरस फैलने बाटो रोक्न सरकारले सबै बासिन्दालाई अनुरोध गरेकोछ। सरकारले जारी गरेको अनिवार्य परिक्षणलाई कसैले पालना नगरेमा उसलाई कसुरदार ठहर गराइ निश्चित जरिवाना हङकङ डलर ५,००० ( पाँच हजार ) असुल गराइने छ। जरिवानाका साथमा उनलाई अनिवार्य परिक्षणको हदम्याद दिई छोडिनेछ। तोकिएको हदम्याद भित्र यदि परिक्षण नगरेमा उनलेे अपराध गरेको ठहरिनेछ र परिमाणस्वरुप निजलाइ हङकङ डलर २५,००० जरिवाना र छ महिना कैद हुनेछ।।

आज बिहान १२ बजे सम्ममा करिब ५० कोरोना पुष्टि केस आएकोछ।

तपाईको प्रतिक्रिया