१८ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले हिजो आइतबार जनवरी १७ तारीख अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ५५ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी थिइन जसमा ४ वटा केस आयातित ५१ वटा स्थानीय केस थिए । स्थानीय केस मध्ये ३५ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको १६ केसको स्रोत खुल्न नसकेको अवस्था थियो । हङकङमा कुल कोरोना केस ९,५५८ पुगेकोछ।
नयाँ दर्ता भएका केसमा १ वर्ष देखि ९० वर्ष बीचका १६ जना पुरुष र ३९ जना महिला परेकाथिए । कम्युनिटी टेस्टिङ सेन्टरबाट ११ वटा केस आएका थिए । करिब ८० वटा प्रारम्भिक पोजेटिभ केसहरु पुर्ण पोजिटिभ हुने सुचीमा परेकाथिए । धेरै जसो प्रारम्भिक पोजेटिभ केसहरु हेनरी जि ल्यङ याउ मा तेइ कम्युनिटी सेन्टरबाट आएका थिए अर्थात याउ चिम मोङ जिल्लाबाट ।
कोभिड महामारी पुन फर्किएर आउने उच्च संभावना रहेकोले याउ चिम जिल्लावासी सबैले चाडो भन्दा चाडो कोरोना टेस्ट गर्न डाक्टर क्वानले आग्रह गरिन।
” डिसेम्बर महिना देखि यता याउ चिम मोङ जिल्लाको जोर्डनबाट जम्मा ९९ वटा कोरोना संक्रमित केस रेकर्ड भएकोछ।” उनले भनिन। याउ म तेइ जोर्डन एरियाबाट ४ केस आएका थिए। अनिवार्य टेस्टमा जाने सुचीमा जोर्डनका निम्न बिल्डिङ परेका थिए । १. भिको मेन्सन ,३-५ नानकिङ स्ट्रीट , याउ मा तेइ २. स्योङ ओन मेन्सन , ११-१७ ब्याटरी स्ट्रीट ३. १८, फेरि स्ट्रीट ४. १५७-१५९ टेम्पल स्ट्रीट । यी चारै वटा ब्लकबाट एकेक केस आएका थिए ।
५. केन्सिङ्टन प्लाजा, पार्क्स स्ट्रीट ६. ४५A – ५९ रिक्लेमेसन स्ट्रीट ७. युनाइटेड मेन्सन ब्लक B सांघाइ स्ट्रीट ८. काम पो बिल्डिङ, वुसुङ स्ट्रीट।
यसका अलावा अरु तीन वटा भवनहरु अनिवार्य टेस्टमा जाने सुचिमा परेका थिए । १. लिडो गार्डन् , ब्लक २४१-६३ क्यासल पिक रोड , शाम सेङ । यो ठाउँबाट २ वटा केस २. ओ ताइ मेन्सन , ६३-७३ विन्स्लो स्ट्रीट , हुङ हाम – जम्मा चार केस यहाँबाट। ३. चार्मिङ गार्डेन , होइ तिङ रोड मङ्क कोक – यहाँबाट २ वटा केस आएका थिए ।
हाइवे विभागद्वारा परिचालित सेन्ट्रल काउलुन रुट – सेन्ट्रल टनल कन्स्ट्रक्सन साइटसंग संबंधित ३ क्लोज कन्ट्याक ( घनिष्ठ संसर्ग) केस आज दर्ता भएका थिए । यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ३३ पुगेकोछ।
चुङ क्वान ओ – लाम तीन टनल कन्स्ट्रक्सन साइटसंग संबंधित ४ वटा केस आज आएका थिए । यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ४६ पुगेको छ।
येन चौ स्ट्रीट , काउलुनमा पर्ने वान लुन वृद्ध आश्रमबाट एक जना संक्रमित थपिएका थिए।