१८ जनवरी २०२१। हङकङ

युन लङको किक यङ रोडमा हप्ताको अन्तमा जहिल्यै पनि ९ जना पुरुष र नारी भेला भएर नाचगान र पिउने काम गर्छन भन्ने रिपोर्ट प्रहरीले प्राप्त गरेपछि युन लङ जिल्ला प्रहरीले तीन जना नेपाली पुरुष , दुई जना फिलिपिनो महिला र दुई जना अफ्रिकी नाइजेरियाली पुरुषलाई सार्वजनिक ठाउँमा दुई भन्दा बढी भेला हुन नपाइने नियम तोडेको अपराधमा निश्चित जरिवाना टिकट दिएको थियो हिजो आइतबार बेलुकी ।

कार्वाहीको सिलसिलामा प्रहरी अधिकृतले ३३ र ३५ वर्षीय मदागास्गर अफ्रिकाबाट आएका दुई पुरुषले मास्क नलगाएको भेटेपछि उनीहरुलाइ मास्क अर्डर उलंघन गरेकोमा जरिवाना टिकट दिएको थियो ।

तपाईको प्रतिक्रिया