१८ जनवरी २०२१। क्रान्ति सुब्बा ।

हाम्रो दैनिक जीवनमा पहिले विरलै अपवाद अवसरमा मात्र प्रयोगमा आउने वस्तुहरु आज जीवनको अभिन्न अंग बनेको छ कोभिड महामारीका कारण । ती मध्ये अहिले हरबखत एकै दिनमा धेरै चोटि प्रयोगमा आउने वस्तु हो किटाणु नाशक हेन्ड सेनिटाइजर झोल। किटाणु अर्थात भाइरसलाई मार्ने वस्तु आजभोलि आफैलाइ मार्न पनि मानिसले प्रयोग गर्न थालेका छ्न। यस कुराको दशी हङकङमा हालै घटेको केहि घटनाबाट प्रस्ट हुन्छ। भर्खरै घटेको दुई घटना –

घटना -१

तीन शुइ स्थित ग्रयान्डुर टेरेसको एउटा फ्लाटमा एक दम्पति बीच हिजो जनवरी १७ तारीख साँझ ६ बजे तिर छोराछोरीलाई अनुशासनमा राख्ने विषयमा भनाभन भयो । २९ वर्षका श्रीमानले आवेगमा आएर काठको बस्ने मुडा र सीसाको बोतल उज्याएर श्रीमतीलाई झम्टिए। श्रीमतीले पनि झडपको क्रममा श्रीमानलाई टोकिदिए।

जब घटनास्थलमा प्रहरी पुगे तब श्रीमतीले भावावेशमा आएर आफ्नो शरीर र कोठा भरी किटाणु शोधक अल्कोहल ( डिसइन्फेक्सन अल्कोहल) खन्याइन । त्यसपछि झ्यालबाट हाम फाल्ने प्रयासमा लागिन। यस्तो दृश्य देख्नासाथ अग्नि नियंत्रकहरुले उनलाई सुरक्षित स्थानमा लान सफल भए।

यो झगडामा दुबै जना घाइते भएकाले उपचारको लागि तीन शुइ वाइ अस्पताल लगियो। घटनाको छानबिन पश्चात् यी जोडीलाई कुटपिट अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेर युन लङ जिल्ला प्रहरी अपराध अनुसन्धान शाखालाई जिम्मा दिएकोछ ।

घटना -२

आज बिहान करिब ४ बजे तिर च्यङ सा वानको होइ यिङ स्टेट भित्र पर्ने यिङ फाइ हाउसबाट प्रहरीले एउटा कल रिसिभ गर्छ । एउटा पुरुष स्वरले आफुसंग बस्ने महिलाले किटाणु नाशक झोल ( डिसइन्फेक्टेन्ट) पिएर बिसन्चो भएको कुरा दर्शाए। त्यसपछि उद्वारकर्मी आएर उनलाई क्यारिटास मेडिकल सेन्टर मा उपचारको लागि लगियो। घटनाको कारण पत्ता लाउन प्रहरी लागेका छ्न।

तपाईको प्रतिक्रिया