क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा टाइफुन नम्बर ८ जुलाई १७ तारीख राती १२:४० मा मौसम विभागले जारी गरेको हो। र प्रति घन्टा हावाको बेग ६३ किलोमीटर वा सो भन्दा बढी हुने अपेक्षा गरिएको थियो । यो टाइफुन लेइजोउ प्रायद्वीप र हाइनान टापुतर्फ सर्ने अनुमान गरिएको थियो । र मौसम बिभागले सिग्नल नम्बर ८ जुलाई १७ तारीख सोमबार दिउँसो ४ बजे सम्म जारि राख्ने बताएको छ। ४ बजे पछि टाइफुन नम्बर ८ जारी राख्ने या नराख्ने भन्ने कुरा पर्ल नदिको मुखबाट पलायन हुने क्रममा यसले कतिको बलियो हावाको बेग सिर्जना गर्दछ त्यसमा भर पर्दछ भनिएको थियो ।

साथै तालीम संग संबंधित हावा र पानीले हङकङलाई  कतिको असर पार्दछ त्यसले पनि ८ नम्बर टाइफुन जारी राख्ने कुरालाई निर्धारण गर्नेछ । तर हावाको चाप घटदै गएमा अपरान्ह ४ देखि ७ बजेको बीचमा टाइफुन सिग्नल नम्बर पनि घटाएर ३ मा झारिने बताइएको थियो ।

तालीमको बाटो

जुलाई १६ तारीख आइतबार राति ९ बजेसम्ममा तालिम आँधी हङकङबाट करिब ३०० किलोमिटर दक्षिणमा १९.६ डिग्री उत्तर ११४.६ डिग्री पूर्वमा रहेको अनुमान गरिएको थियो । यो आँधी करिब १५ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम सर्ने अनुमान गरिएको थियो  र यसले हङकङ शहर देखि करिब ३०० किलोमिटर दक्षिण- दक्षिणपश्चिमको परिधिलाई स्पर्श गर्दै जुलाई १७ तारीख बिहानै हङकङको सबैभन्दा नजिक आइपुग्ने अनुमान गरिएको थियो ।

ङोङ पिङ, टेट्स केयर्न र वाग्लान टापुमा क्रमशः ७३, ६१ र ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चलेको थियो ।

तालिमले ल्याएको आँधीबेहरी र वसन्त ऋतुको ज्वारभाटाको संयुक्त प्रभावका कारण जुलाई १७ तारीख सोमबार बिहान तल्लो तटीय क्षेत्रमा बिशेष गरि ताइ ओ एरियाको जलको मात्रा बिहान ९ देखि ११ बजेको बीचमा करिब तिन मिटर बढ्नेछ। जसले समुद्र किनारमा रहेको इलाकामा बाढी ल्याउने छ। मौसम बिभागले सर्वसाधारणलाई यथाशीघ्र हावाहुरी र बाढीबाट बच्न सावधानीका उपायहरू अपनाउन सल्लाह दिइएको थियो । समुन्द्रमा भयंकर छालहरु उठ्ने भएकाले जनमानसलाई तटरेखाबाट टाढा रहन र कुनै पनि जलकृडामा संलग्न नहुनअनुरोध गरिएको थियो ।

अब्जरभेटरीले जारी गरेको चेतावनी अनुसार उत्तर-पूर्वी दिशा तिर बहिरहेको स्थानीय वायुले दिशा परिवर्तन गरि   पूर्वतिर बहने भएकोले पुर्व अवस्थामा सुरक्षित ठानिएका आश्रय स्थलहरु सुरक्षीत नरहन भनेको थियो  । हङकङ सरकारले आफ्नो आपतकालीन रेस्पोन्स सिस्टमलाई  सक्रिय तुल्याएको छ र सर्वसाधारणलाई अब्जरभेटरीले जारी गरेको नवीनतम मौसमसम्बन्धी जानकारीलाई  ध्यान दिन सल्लाह दिइएको छ।

तालीम नामक यो ट्रपिकल साइक्लोन (उष्णकटिबंधीय चक्रवात) जुलाई १६ र १७ तीव्र हुँदै लेइजोउ प्रायद्वीप र हाइनान टापु रहेको दिशा तर्फ सर्ने अनुमान गरिएको छ। यसले ग्वाङ्डोङको तटमा भारी वर्षा र आँधीबेहरी ल्याउनेछ। तालिमले यसै साताको मध्यतिर ग्वाङ्डोङको तटबाट हटेर जाने अपेक्षा गरिएको छ । दक्षिण चीन सागरको मध्य र उत्तरी भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सप्ताहांतमा आँधी विरुद्धको वातावरण (एन्टीसाइक्लोन एलफ्ट) बलियो हुनेछ परिणामस्वरूप ग्वाङ्डोङको मौसममा थोरै सुधार हुनेछ। मङ्गलबार भारी वर्षा र हावाहुरी सहित वर्षाको सम्भावना रहेको बताइएको छ । हावाको वेग बिस्तारै मध्यम हुनेछ तथापि  केही दिन वर्षा जारी रहनेछ। सप्ताहन्तमा मौसममा केही सुधार आउने अनुमान गरिएको छ ।

यो वर्षको पहिलो टाइफुनको रूपमा आएको तालीमले चीनमा विश्राम लिने गन्तव्यलाई लिएर आएको छ। ग्वान्डोङ देखि हाइनान टापु सम्मको समुद्र किनारमा पुगेपछि यसको जुलाई १७ तारीख राति अवसान हुनेछ ।

टाइफुन तालीमले हङकङमा ल्याएको बेगमा मन्दता आएपछि मौसम बिभागले अपरान्ह ४:२० बजे सिग्नल नम्बर ८ लाई घटाएर ३ बनाएको थियो ।

अपरान्ह ४ बजे तालिम हङकङबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको अनुमान गरिएको थियो र करिब १८ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम लेइजौ प्रायः द्विपतिर सर्ने अनुमान गरिएको छ ।

टी 3 सिग्नल भने आजको दिन सम्म जारी रहनेछ ।

टाइफुन तालीमको उत्पत्ति

तालीम भन्ने शब्द फिलिपिन्सको तागालोग भाषाबाट लिइएको हो जसको पर्याय शब्द डोडोङ हो। पश्चिमी प्रशांत महासागरबाट उत्पन्न भएको चार वटा समुद्री आँधीको संस्करणलाई जनाउन यो शब्दलाई प्रयोग गरिएको छ।  फिलिपिनो शब्द तालीमको अर्थ हो “धारिलो या काटने धार” भएको वस्तु जस्तै चक्कु ।

१. टाइफून तालिम (२००५) (T0513, 13w, isang), एक शक्तिशाली चौथो श्रेणीको  सुपर टाइफून जसले  ताइवान र चीनलाई धक्का दिएको थियो ।

२. गंभीर ट्रपिकल आँधी (उष्णकटिबंधीय तुफान ) तालिम (2012) (T1205, 06W, करिना) जसले  ताइवानलाई  प्रभावित पारेको थियो ।

३. टाइफून तालिम (2017) (T1718, 20w, लानी), एक शक्तिशाली चौथो श्रेणीको तूफान जो जापानको रयूकू द्वीप समूह हुदै क्यूशू सम्म पुगेर पतन भएको थियो ।

४. गंभीर ट्रपिकल स्ट्रोम (उष्णकटिबंधीय तूफान) तालीम (2023) (T2304, 04w, डोडोंग), वर्तमानमा सक्रिय।

टाइफुनबारे केही कुरा हेर्न माथिको भिडियो हेर्नुस्

तपाईको प्रतिक्रिया