क्रान्ति सुब्बा । हङकङ ।

फिलिपिन्सको सागरमा सिर्जना भएको डोक्सुरी नाम गरेको सुपर टाइफुन फिलिपिन्सको लुजोनदेखि पुर्व दिशामा रहेको समुद्रमा जुलाई २५ तारीख आइपुगेको थियो । यो टाइफुनको अन्तर्राष्ट्रिय नाम डोक्सुरी हो भने फिलिपिन्समा यसलाई एगाइ भनिएको छ। यो टाइफुन क्रमशः फिलिपिन्सबाट उत्तरपश्चिमतर्फ सर्दै दक्षिण चीन सागरको उत्तरपूर्वी भागमा प्रवेश गर्ने अनुमान गरिएको थियो । जुलाई २६ तारीख बुधबार यो आँधी हङकङदेखि ८०० किलोमिटर टाढा आइपुगेको थियो । टाइफुनको गति र अवस्थितिलाइ मध्य नजर गरि जुलाई २६ तारीख बुधबार बेलुकी ८ बजे हङकङको मौसम बिभागले स्टेन्डबाइ सिग्नल नम्बर १ जारी गरेको छ।

त्यसो  त कार्यवाहक वरिष्ठ वैज्ञानिक अधिकारी (पूर्वानुमान अपरेशन युनिट) लाम होक-यिनले जुलाई २४ तारीख एक रेडियो कार्यक्रममा डोक्सुरी हङकङबाट १५०० किलोमिटर टाढा रुमल्ली रहेको जानकारी दिएका थिए र जुलाई २६ तारीख बुधबारसम्ममा हङकङदेखी ८०० किलोमिटर पर ताइवानको दक्षिण पट्टी आइपुग्ने अनुमान रहेको उनले बताएका थिए  ।

मौसम विभागको पछिल्लो विवरणअनुसार २४ जुलाई  बिहान १० बजे मनिलाबाट करिब ५९० किलोमिटर पूर्वमा डोक्सुरीको केन्द्रविन्दु रहेको थियो र लुजोनको पूर्वमा रहेको समुन्द्रपार गर्दै प्रतिघण्टा १५ किलोमिटरको गतिमा उत्तरपश्चिमतर्फ सर्ने र तीव्र गतिमा अघि बढ्ने अनुमान गरिएको थियो ।

जुलाई २४ तारीखसम्मको अधिकतम  वायुको गति लगभग १२० किलोमिटर प्रतिघण्टा रहेकोे थियोे भने वायु झोक्काको गति १५५ किलोमिटर प्रतिघण्टा रहेको थियो । दोक्सुरी क्रमिक रुपमा बलियो हुँदै जाने र आगामी दिनमा २२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा यसले हावाको बेग सिर्जना गर्ने र सुपर टाइफूनमा रुपान्तरण हुने अनुमान गरिएको  छ ।

डोक्सुरीले सुपर टाइफूनको रूपमा आफ्नो हैसियत  कायम राख्ने र बिहीबार र शुक्रबार (२७ र २८ जुलाई) पूर्वी गुआंग्डोङ र दक्षिणी फुजियानको तटीय क्षेत्रहरूतर्फ बिस्तारै सर्ने अपेक्षा गरिएको छ। हङकङ अब्जरभेटरीले डोक्सुरी र पर्ल नदीको मुखबीचको दूरीलाई ध्यानमा राखेर नवीनतम टाइफुन सिग्नल जारी गर्नेछ।
डोक्सुरीको बाहिरी वायुका कारण दक्षिणी चीनमा आगामी केही दिन धेरै तातो मौसम कायम रहने छ र उच्च तापक्रमका कारण वर्षा र हावाहुरीको सम्भावना रहेको छ । बिहीबारको उत्तरार्धमा अझै बढी वर्षा र शक्तिशाली हावाहुरी चल्ने छ।
शुक्रबार र शनिबार भारी वर्षाका साथ हावाहुरी चल्ने छ । मौसम परिवर्तन बारे सुसूचित रहन जनतालाई मौसम विभागले अनुरोध गरेको छ।

हङकङ अब्जरभेटरीले डोक्सुरीलाई सुपर टाइफूनको रूपमा अपग्रेड गरेको छ। र यसको हावाको केन्द्रिय गति अधिकतम २०५ किलोमिटर प्रतिघण्टा रहेको जनाएको छ । जुलाई २५ तारिख बिहान ८ बजेको अपडेट अनुसार   यो आँधी हङकङबाट करिब १,२१० किलोमिटर दक्षिणपूर्वमा अवस्थित थियो र यो लुजोन पूर्वको समुद्र हुँदै करिब १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ सर्ने अनुमान गरिएको छ ।

हङकङ अब्जरभेटरीको ट्रपिकल साइक्लोन ट्रयाक इन्फर्मेसनले सुपर टाइफून डोक्सुरीलाई २५ तारिखको बिहान करिब २ बजे सुपर टाइफूनमा अपग्रेड गरेको हो। र हावाको गति प्रति घन्टा अधिकतम २०५ किलोमीटरका साथ अझ शक्तिशाली  हुँदै गइरहेको छ।

डोक्सुरीबारे भिडियो हेर्नुस् माथि ।

अब्जरभेटरीका अनुसार डोक्सुरी जुलाई २६ तारीख हङकङदेखि ८०० किलोमिटर टाढाको  दुरीमा आइपुगेको छ। वायुको केन्द्रिय अधिकतम गति १८५ देखि १९५ किलोमिटर प्रतिघण्टाको हाराहारीमा रहेको छ । त्यसपछि यो शक्तिशाली आँधीमा परिणत हुनेछ र फुजियानको तटीय क्षेत्रमा अवतरण हुनु पुर्व ताइवानतर्फ जानेछ ।

अब्जर्भेटरीका वरिष्ठ वैज्ञानिक अधिकारी कोक मङ हिनले हालै बताए अनुसार हङकङमा अर्को हप्ता नम्बर ८ टाइफुन सिग्नल जारी गर्ने सम्भावना अहिले “५०-५०” रहेको छ। उनले हङकङको मौसम अर्को हप्ताको मंगलबार र बुधबार निश्चित रूपमा खराव हुने बताए । तर विभिन्न कम्प्युटर मोडेलहरूमा देखिएको असमानताका कारण यो आँधी हङकङको कति नजिक आइपुग्नेछ अझै अनिश्चित रहेको खुलासा उनले गरे । अब्जरभेटरीले न्यून चापीय प्रणालीको विकास र गतिलाई नजिकबाट नियाल्नेछ ।

डोक्सुरी नाम पश्चिमी प्रशान्त महासागरबाट उत्पन्न भएको तीनवटा ट्रपिकल साइक्लोन (उष्णकटिबंधीय चक्रवात) लाई जनाउन प्रयोग गरिएको अवस्था छ। यो नाम दक्षिण कोरियाले पेश गरेको हो र यसको अर्थ चील हो।

२७ जुलाई

पछिल्लो पूर्वानुमान अनुसार टाइफुन डोक्सुरी भोलि (२८ जुलाई) बिहान हङकङको सबैभन्दा नजिक अर्थात लगभग ४०० किलोमिटर पूर्वतिरको बाटो भएर गुज्रदैछ । त्यसकारण टाइफुन स्ट्यान्डबाई सिग्नल, नं. १ आज राती र भोलि बिहानसम्म जारी रहनेछ । हङकङमा यसको असर कम पर्ने भएकोले टाइफुन सिग्नल नम्बर बढाइने संभावना कम छ।

तपाईको प्रतिक्रिया