१८ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज सोमबार जनवरी १८तारीख अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा १०७ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा ५ वटा केस आयातित १०२  वटा   स्थानीय केस रहेकाछ्न।

स्थानीय केस मध्ये ६० केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने ४२ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,६६५ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा  २ महिना  देखि ९४ वर्ष बीचका ५३ जना पुरुष र ५१ जना महिला परेकाछ्न।

५  जना व्यक्तिको पुर्ण विवरण आउन बाँकी छ। सेन्टरले यी ५ रोगीलाई संपर्क गर्न सकेका छैन । ती पाँच जनाको कोरोना टेस्ट याउ मा तेइ कम्युनिटी टेस्टिङ सेन्टरमा भएको बिश्वास गरिएकोछ।
उक्त पाँच जनाले फोन नम्बर गलत दिएकाले संपर्क गर्न सकिएन अब आइडी कार्डबाट प्रहरीले पत्ता लाउनेछ भनिन डाक्टर क्वानले। हङकङका विभिन्न टेस्टिङ सेन्टरबाट आज ५५ केसहरु आएका छ्न जस अन्तर्गत २८ केस याउ मा तेइ कम्युनिटी सेन्टरमा पत्ता लागेका हुन।
५० जना भन्दा बढी पुर्ण पोजेटिभ हुने सुचीमा परेका छ्न।

आयातितमा एक जना इन्डोनेसिया एकजना फिलिपिन्स बाट आएका डोमेस्टिक हेल्पर परेकाछ्न। २ जना नेपालबाट र एक जना दुबईबाट आएका परेकाछ्न।

स्वस्थ अधिकारीले आज जोर्डन , याउ मा तेइ इलाकाका थप सात वटा बिल्डिङले अनिवार्य कोरोना टेस्टमा जानू पर्ने आदेश पाएको कुरा जानकारी गराएकाछ्न। यी भवनबाट करीब २० जनालाई कोरोना संक्रमण भएको पाइएको छ।
ती सात बिल्डीङ निम्न बमोजिम छ्न।

१. १८४- १८६ शांघाइ स्ट्रीट
२. १७०-१७४ शांघाइ स्ट्रीट
३. १८ रिक्लेमेसन स्ट्रीट
४. २८-३४ ब्याटरी स्ट्रीट ( बो लुन बिल्डिङ)
५. २३०-२३६ टेम्पल स्ट्रीट ( सिउ हिङ बिल्डिङ)
६. १६३ टेम्पल स्ट्रीट
७. ५४२ क्यान्टोन रोड


४ जनवरी उप्रान्त अहिलेसम्म जम्मा ६६१ स्थानीय केस संख्या पुगेको छ। जसमा १६० जना रोगी याउ म तेइ वासी परेका छ्न । त्यस मध्ये पनि  १२० जना रोगी अनिवार्य कोरोना टेस्टमा जानू पर्ने सुचीमा परेका बहालवाला घरका वासिन्दा परेकाछ्न। ६६१ जना कुल संख्याको २५% संख्या दक्षिण एसिया मुलका खासगरी नेपाली र भारतीय परेकाछ्न।


आज कोरोना भाइरस संक्रमणबाट एक जना ८६ वर्षीया महिलाको निधन दिउसो १२:०९ बजे क्युइन एलिजाबेथ अस्पतालमा भएकोछ। कोभिडबाट मृत्यु हुनेको संख्या हङकङमा १६३ पुगेकोछ।


याउ चिम मोङ जिल्ला अहिले हङकङ कै अति संक्रमित इलाका भएकोले स्वस्थवीदहरुले यस जिल्लावासी प्रत्येकले एक पटक मात्रै  होइन पटकपटक कोरोना टेस्ट गर्न पर्ने प्रावधान  सरकारले मिलाउनु पर्छ भन्न थालेकाछ्न ।

“अनिवार्य कोरोना परिक्षण गर्नु पर्ने सुचीमा परेको मानिसले प्रथम चोटि कोरोना टेस्ट गरेको पाँच दिन पछि फेरि टेस्ट गर्नु पर्दछ। र जो उच्च जोखिम भएको क्षेत्रमा काम गर्छन तिनले आफ्नो टेस्टको रिजल्ट नआइन्जेल कुनै पाहुनालाई नबोलाइ घरमै बस्नु पर्दछ।” भन्छ्न हङकङ युनिभर्सिटी संक्रमण केन्द्रका प्रमुख  हो पाक ल्यङ।

याउ चिम मोङ जिल्लाबाट आएको आजको संक्रमित सुची

疫戰Covid war
今天新確診:
Today’s new confirmed cases:

1. केस नम्बर 9585 油麻地上海街184號184
Shanghai Street, Yau Ma Tei

2. केस नम्बर 9586 油麻地統一大廈B座Block B, United Mansion, Yau Ma Tei

3. केस नम्बर 9606 油麻地上海街174號174 Shanghai Street, Yau Ma Tei

4. केस नम्बर 9607 油麻地北海街17號17 Pak Hoi Street, Yau Ma Tei

5. केस नम्बर 9622,9630,9643,9644,9646 油麻地金威廣場Kensington Plaza, Yau Ma Tei

6. केस नम्बर 9624,9636 油麻地彌敦道315號315 Nathan Road, Yau Ma Tei

7. केस नम्बर 9625 油麻地新填地街18號18 Reclamation Street, Yau Ma Tei

8. केस नम्बर 9631 油麻地寶倫大廈Bo Lun Building, Yau Ma Tei

9. केस नम्बर 9634 油麻地韶興大廈Siu Hing Building, Yau Ma Tei

10. केस नम्बर 9647 油麻地新填地街25號25 Reclamation Street, Yau Ma Tei

11. केस नम्बर 9660 油麻地廟街163號163 Temple Street, Yau Ma Tei

12. केस नम्बर 9657,9661 油麻地廟街153號153 Temple Street, Yau Ma Tei

13. केस नम्बर 9568 油麻地廣東道577號577 Canton Road, Yau Ma Tei

14. केस नम्बर 9604,9641,9645 油麻地瑜德大廈Yue Tak Building, Yau Ma Tei

15. केस नम्बर 9637 油麻地廣東道542-544號542 -544 Canton Road, Yau Ma Tei

16. केस नम्बर 9651 油麻地文昌樓Man Cheong Building, Yau Ma Tei

17. केस नम्बर 9662 油麻地常安大廈Sheung On Mansion, Yau Ma Tei

तपाईको प्रतिक्रिया