-चन्द्र मादेन आन्छन

काठमाण्डौं । साउन २० गते शनिवार स्थानीय जोरपाटीको अत्तरखेल ईष्ट वेष्ट फाष्टफुड क्याफे रेष्टुरेन्टमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले किराया हङकङको मुखपत्र “यलम्वर” अंक २१ प्रकाशन भएको अवसरमा “अन्तरजातीय विवाह र चुल्हा प्रावधान” शिर्षकमा एउटा अन्तरक्रिया सम्पन्न गरेको छ।  विभिन्न लेखक,श्रष्टा र वुद्धिजीवीहरुको उपस्थितिमा सम्पन्न उक्त भेटघाट र छलफल कार्यक्रमको अध्यक्षता किरात राइ  प्रज्ञा प्रतिष्ठान हङकङका सचिव वसन्त विपीन राईले गर्नुभएको थियो ।

उक्त  कार्यक्रममा प्रमुख अतिथि डा भक्त राई र डा तारामणी राई रहनु भएको थियो भने अतिथिमा अन्तराष्ट्रिय खेलकुद छनोट परिषदका प्रमुख एवं उपसचिव महेन्द्र राई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चन्द्र रानाहँछा, संगीतकार,गायक एवं एरेन्जर थिरज खुवासाङ राई, गीतकार संघका उपाध्यक्ष रमेश कोईराला, गीतकार संघका निवर्तमान अध्यक्ष शुभ मुकारुङ, साहित्यकार चन्द्र मादेन आन्छन, चर्चित पत्रकार टिका चाम्लिङ रहनु भएको थियो । विभिन्न लेखक, संस्कृतिकर्मी, रंगकर्मी, साहित्यकार, संगीतकार, गायक, कवि आदिहरुको वाक्लो उपस्थिति रहेकोे उक्त कार्यक्रममा सहभागीहरुले  “अन्तरजातीय विवाह र तीन चुलाको महत्व” विषयक गोलमेच छलफलमा आ-आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो ।


अधिकांश वक्ताहरुले यो कार्यक्रमको विषय उठान नै पृथक र महत्वपूर्ण भएको भन्दै  हङकङका नेपालीहरुले राष्ट्रको हरेक दुःख-सुखमा उल्लेख्य योगदान दिएको पनि चर्चा  गर्नु भएको थियो । प्रवासबाट मुखपत्र यलम्वरको प्रकाशन २१ औं अंकसम्म पुगेकोमा किरात राइ यायोख्खा संस्था तथा किरात राई यायोख्खाकी अध्यक्ष चन्द्रका/माया थुलुङ, प्रतिष्ठान हङकङका कुलपति शशीमदन राई लगायत संस्थामा आवद्व सम्पूर्ण पदाधिकारी तथा शुभचिन्तकहरुको प्रशंसा गर्दै सबैजना  धन्यवादको पात्र भएको अभिव्यक्ति दिनुभएको थियो ।

उक्त कार्यक्रममा यलम्वर पत्रिकाको २१ औं विशेषाङ्कमा महत्वपूर्ण लेख पस्किनु हुने चर्चित स्रष्टा प्रगति राई, डाक्टर भक्त राई र पत्रकार लेखक सचित राईलाई समाजसेवी एवं उपस्थित मध्येका ज्येष्ठ नागरिक दिलेन्द्र मुकारुङ मार्फत शिरमा सेतो फेटा गुथेर (शिर उठानी) सम्मान गरिएको थियो । यसैगरी  किराया हङकङ समितिद्धारा सहयोग स्वरुप पठाइएको नगद रु २० हजार किरात राई संस्कृति कलाकार संघका अध्यक्ष शालिक सताशक राई र महासचिव पदम थुलुङ द्वयलाई सभाध्यक्ष वसन्त विपीन राईले हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रमको संचालन सामाजिक अभियन्ता प्रमिला राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया