अधिकारको कुरा गर्छौ, आफु सधैं अरुको दास बनेर
समानताको कुरा गर्छौ, सधैं झोले पाले उनकै खास बनेर !

बिभेद असमानता मनपरी गर्दा बोल्दैन,लाग्छ अन्धो बहिरो
मर्छन लड्छन पार्टीको लागी बाँचेको छ जिउदो लाश बनेर !

लड्दैन बोल्दैन आफ्नो लागि,बस्छ सधैं फालेको खानलाई
ठुला भाषण गर्छ बुझ्दैन कहिले,जोकरमा लाग्ने तास बनेर !

धर्म संस्कृति बेच्छन खान्छन,मालिकको आज्ञा मान्छन
उठ्दैन जुट्दैन कहिले,मर्न तयार छन् उसैको सास बनेर !

नाम दाम कमाए जातिय राजनिती गरी, जाती भने उस्तै
फ्याक्ला र खाउलामा जीवन बिताए,फोहोरको रास बनेर !

-दिलिप योन्जन तामाङ

अस्टिन अमेरिका

तपाईको प्रतिक्रिया