काठमाडौं – लोकप्रिय गायक अनिल लामा र गायिका सुमिना लोको स्वर रहेको ‘चिरविर गर्ने भङ्गेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ्ग सेलोमा रहेको‘ यस गीतमा शब्द जीवन बोमजन रहेको छ भने चन्द्र कुमार दोङको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा भिमफेदी गाइज , रिया लामा र रोशन गुरुङ्गको अभिनय रहेको छ । पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामा निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोमा प्रजिता लामाले लगानी गरेकी हुन ।

अनिल लामाको यसअघि नेपाली चलचित्रमा समेत स्वर तथा संगीत भरेका छन । ’सोल्टेनी मैच्याङ’शैलुङ्गे मेला’’ लगायतका १ दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन । राजु लामाको स्वरमा रहेको शैलुङ्गे मेला लगायतका बहु चर्चित गीतहरुको रचना गायक अनिल लामाले यस अगाडि दिएका थिए ।

भिडियो लिंकः

तपाईको प्रतिक्रिया