काठमाण्डौं ।
काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको `मन्द मन्द हावा´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन ।

राज कुमार बगरको संगीत तथा राजु कार्कीको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडी बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।
दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । `मन्द मन्द हावा´ गीतको भिडियोमा सनम कठायत र स्मारिका ढकालको फिचरिङ रहेको छ ।

`मन्द मन्द हावा´ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया