काठमाडौं । गायक रामचन्द्र भुसाल र गायिका कल्पना मयालको स्वर भएको नयाँ गीत ‘उड्ने चरि ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त , देव धिमिरे विश्वकर्माको शब्द तथा अर्जुन पन्तको संगीत रहेको छ ।

पर्वत जिल्लाको फलेबासमा छायाँकन गरिएको उक्त गीतमा गण्डकी प्रदेशको रमणीय स्थान पर्वतको फलेवासको परिवेशलाई समावेश गरिएको छ । सुरेश राज रेग्मीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा महेश भुषाल , प्रतिज्ञा शर्मा , संगीता रसाइली र अपर्ण परियारको अभिनय देख्न सकिन्छ ।

‘उड्ने चरि ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया