काठमाडौं । गायीका पूजा तामाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानल मार्फत संसारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तामाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो ।

तामाङ जातिको महान पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापलाई अगाडि बढाएको आशय गीतले दिन खोजेको सन्देश हो भन्छन् गीतकार जीवन बम्जन र रमेश तामाङ। उक्त गीतमा संगीत र एरेन्ज चन्द्र कुमार दोङले भरेका छन । ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ’ गीतले सोनाम ल्होछार मनाउनु पर्छ भन्ने आग्रह गरेको छ ।

‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ तमाङ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया