काठमाडौं, माघ २५ ः मंगोलियन हर्ट का नामले परिचित गायक राजु लामाको स्वरमा रहेको ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द अर्जुन वावु दाहालको रहेको छ भने सङ्गीत तथा एरेन्ज सरोज लामाको छ। सुनिल भण्डारीले छायांकन गरेको सो भिडियोमा उमेश गुरुङले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो सि एम म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘लाखौ कोसिस २’ गीतको भिडियोमा रिना गुरुङ, राम स्यानताङ , र विष्णु श्रेष्ठको अभिनय रहेको छ ।

‘लाखौ कोसिस २’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया