काठमाडौं । नेपाली सेनामा इतिहास रच्दै पहिलोपटक एक महिला सिपाहीले प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पुरा गरेकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन्।

नेपाली सेनाका अनुसार २०६९ सालमा सेनामा प्रदेश गरेकी सिन्धुपाल्चोक मेलम्चीकी थापाले सैन्य आधार तालिमपछि उच्च स्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने तालिममा सहभागी भएकी हुन्।

उक्त तालिम तीन महिनासम्म चल्छ। तालिममा जंगल नेभिगेसन, धराप निर्माण, जंगल सर्भाइभल टेक्निक, सर्पदंश व्यवस्थापन लगायतका सैन्य तालिम दिइन्छ।

तपाईको प्रतिक्रिया