काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतसँग अलग्गै संविधान नभएकाले ढिलो भए पनि संसद विघटनको विरुद्धमा फैसला हुने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज पत्रकारहरुसंग कुराकानी गर्दै नेता थापाले कांग्रेसले आफैले बनाएको संविधान पढेर नै संसद विघटनलाई असंवैधानिक भनेको बताए ।

अदालतसंग भएको पनि त्यही संविधान हो । त्यसैले अदालतले ढिलो गरे पनि असंवैधानिक नै भन्छ भन्ने विश्वास छ’, थापाले भने । उनले अदालतको आदेश जे आएपनि कांग्रेसको धारणा प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने नै रहेको बताए ।

‘अदालतको विषयमा बोल्न हुँदैन भन्ने हो भनेपनि हामी बोलिसक्यौ । यो असंवैधानिक छ भनेर हामीले भनिसक्यौ । अदालतको आदेश जे आएपनि कांग्रेसको निष्कर्ष बदलिदैन’, थापाले भने ।

उनले अदालतबाट संसद पुनःस्थापना भएपछि संसदबाटै नयाँ राजनीतिक कोर्स हुने र संविधानविरुद्ध काम गर्नेहरुलाई दण्डित गर्ने बताए ।

तपाईको प्रतिक्रिया