२७ जनवरी २०२१ । न्युयोर्क ।

–  अमेरिका न्युयोर्क ज्याक्सन हाईट ४०-०८-७६ स्ट्रीट रोसभेल्ट एभिन्यु नजिक बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गरी रहनु भएका पशुपति श्रेष्ठ (CPA) ले हालै नेपालमा संचालन भइरहेको वाई वाई नेपाल स्टारमा टप ५ हुन सफल हुनु भएका काठमाडौं तारेभिर निवासी सुरेश लामालाई (रू १,११,१११|-) एक लाख एक हजार एक सय एघार रुपैयाँ सम्मान स्वरुप नेपालका वरिष्ठ गायक रामकृष्ण ढकाल मार्फत हस्तान्तरण गर्नु भएको छ ।

उहाँले सुरेश लामालाई मात्र नभएर न्यूयोर्कमा भएका विभिन्न नेपाली संघसंस्था लगायत बिभिन्न देश र ठाउँहरुमा समस्या परेका नेपालीहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
पेशागत हिसाबले श्रेष्ठले  अमेरिकाको न्यूयोर्क र अन्य विभिन्न राज्यमा ट्याक्स एण्ड एकाउन्टिङ्ग संबंधी सेवा प्रदान गर्दै आउनु भएको छ ।
अध्यागमन संबंधी  मुद्दा मामिलामा पनि उहाँले बिशेष दखल राख्नु हुन्छ र यस मामिला नेपालीहरुलाई  सक्दो परामर्श दिदै आउनु भएकोछ ।

सुरेश लामाको स्वरमा   देशकै इज्जत राख्न सक्ने क्षमता छ भन्नू हुन्छ पशुपति श्रेष्ठ । प्रतिस्पर्धी  गायक लामाको बारेमा अन्य विभिन्न बिषयमा पनि बुझेर यसरी  सहयोग गर्नु पाउँदा “म खुशी छु” भन्नु हुन्छ श्रेष्ठ ।  श्रेष्ठले सहयोगको लागि  समन्वय गरिदिनु हुने किरात राई अर्गनाइजेसन न्युयोर्क च्याप्टरका अध्यक्ष  केशव राम राईलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

तपाईको प्रतिक्रिया