हङकङ न्युज क्याबिन

हङकङको स्वास्थ सुरक्षा केन्द्रले आज अपरान्ह ४:३० बजे बसेको प्रेस मिटबाट जम्म ८२ जनालाई कोरोना संक्रमण भएको तथ्य खुलासा गरेकोछ।जस मध्येमा ३२ जना पुरुष र ५० जना महिला परेकाछ्न। आयातीत केस १०,पुरानो केससंग संबंधित १७,डान्स ग्रुप क्लस्टर संगसंबंधित ३२ र स्थानीय अपुष्ट स्रोतबाट २३ रहेकाछ्न। जम्मा केस संख्या ६,३९७ पुगेकोछ।

डान्स ग्रुपसंग संबंधित केस जम्मा ५५२ पुगेकोछ।

लोहास पार्कको कन्स्ट्रक्सन साइटका ३ जना संक्रमित भएकाछ्न।तेहि काम गर्ने अरु ८ जनामा प्रारम्भिक कोरोना पोजिटिभ देखिएकोछ।साइट्मा काम गर्ने ९०० भन्दा बढी कामदारहरु अनिवार्य टेस्टमा जाने भएका छ्न र कन्स्ट्रक्सन साइट बन्द छ अहिले ।

गौ मेमोरियल कलेज र वङ फुत नाम कलेजका दुई विद्यार्थीमा पनि संक्रमण पुष्टि भएकोछ।दुबै पाठशाला बन्द हुने भएकोछ भने सबै शिक्षण स्टाफ तथा विद्यार्थी कोरोना परिक्षणमा जाने भएका छ्न।

तपाईको प्रतिक्रिया