२९ जनवरी २०२१।काठमाडौ ।

नेपाली प्रतिभा प्रतिष्ठान , बेलायतले छनौट गरेका यस वर्षका दुई प्रतिभालाइ माग १७ गते २०७७ अर्थात ३० जनवरी २०२१ शनिबारका दिन काठमाडौ , बागबजार स्थित होटेल हार्दिकमा दिउँसो १:३० बजे ससम्मान पुरस्कार प्रदान गरिने कार्यक्रम रहेकोछ।

पुरस्कार प्राप्त गर्ने व्यक्तित्वमा महिला अधिकारकर्मी ,पत्रकार , युवाकवी तथा हङकङबाट प्रकाशन हुने हङकङ खबर अन्लाईनकि नेपाल सम्पादक विमला तुम्खेवा र वरिष्ठ साहित्य साधक राजेन्द्र विमल परेका छ्न।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न हुन उक्त कार्यक्रम नेपाली प्रतिभा प्रतिष्ठान बेलायत फेसबुक पेज र रेडियो हिमालयबाट प्रत्यक्ष (लाइभ) प्रसारण पनि हुने भएकोछ।

तपाईको प्रतिक्रिया