दिपा लिम्बू राई पचासको दशकमा उदाएको एक शसक्त लेखक हुनुहुन्छ । हाल बेलायतमा बसोबास गर्दै आउनु भएको उहाँको कविताहरुले समाजको अन्याय , बेथिति र असमानताहरुको चर्को बिरोध गरिरहेको हुन्छ । शान्त शालीन रुपमा आफ्नो बिचारलाई कविताहरुमा राख्ने कविको रुपमा आफ्नो व्यक्तित्वलाई स्थापित गर्नु भएको राईको कविताहरुले एक शान्त र शालिन समाजको परिकल्पना गरेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।
अर्को दिन
बुद्ध र गान्धीलाई नजिक राखेको छु
म युद्ध बिरोधि मानव
युद्धकालको यो समय
पेट्रोलले मलाई नै खोजि हिड्छ
राइफलको ब्यारेलले मलाई नै ताकिरहन्छ
युद्ध बिमानले मलाई नै खेदिरहन्छ ।
के म दुश्मन हुँ ?
के म शत्रु हुँ ?
कसरी म दुश्मन हुँ ?
कसरी म शत्रु हुँ ?
यो जीवनको स्वायत्तता म संग छैन ?
के युद्ध बिरोधि बिचारले बाँच्न पाइन्दैन ?
किन पिस्तोलले मेरो कन्चट ताकिरहन्छ हँ ?
किन सुगौली सन्धिले मलाई बाँधिरहन्छ ?
किन ज्ञढद्धठ को सन्धिले मलाई भेटिरहन्छ ?
किन जेनेभा कन्भेन्सनले मलाई पछ्याउँछ ?
किन पहिलो र दोस्रो विश्वयुद्धले मेरो हत्या गरिरहन्छ ?
किन आउदो युद्धहरुले खोजिरहन्छ ?
कत्ति नजिकबाट उड्छन् यिनीहरु
कत्ति खोजतलास गर्छ मेरो
कत्ति झम्टिन्छ मै माथि
म छातीमा प्राणी अहिंसाको ब्यानर टांग्छु
पाखुरामा सहअस्तित्ववादको टाटु खोप्छु
हत्केलामा वालस्ट्रिट ढाकको नारा पोत्छु ।
तर
युद्धहरुले यिनै निधार, पाखुरा, छातिमा
ताकेर मार्न खोजिरहन्छ ।
के म बाँचिरहदा युद्धको मृत्यु हुन्छ ?
त्यसो भए ठिक छ
म बाँच्न चाहन्छु ।
म बाँच्न चाहन्छु ।
म बाँच्न चाहन्छु ।
हार्नेहरुको अस्तित्व
युद्धमा
या त तिम्रो जीत हुन्छ
या त तिम्रो हार हुन्छ
जीत र हार त हुन्छ, हुन्छ ।
पृथ्वीनारायण शाहहरु
यो बहुजातीय, बहुरंगिन नेपाल
तिम्रो मात्र होइन
म र म जस्तै हारिदिनेहरुको पनि हो ।
भ्यालेन्टाइन डे
ओ प्रिय !
यो प्रणय दिवसको दिनमा
रातो गुलाव पठाउन सकिन
सानो मन नगर ल ।
मान्नू गुलावको आदानप्रदान बिना
पनि त प्रेम हुन सक्छ
मान्नु यो उजाड मरुभूमिमा
फूलहरुलाई फूल्ने स्वतन्त्रता कहाँ छ र ?