न्युयोर्क । युनाइटेड शेर्पा एसोसिएसन इंक.(शेर्पा किदुग) न्युयोर्कले बौद्ध धर्मावलम्बीको महान चाड २१५२ औं स्यिङ मो डुल्लो ग्यल्पो लोसर अर्थात नयाँ वर्ष लोसार भव्य रूपमा मनाउने तयारी गरिरहेको छ । किदुगले बौद्ध मार्गीहरुलाई बुद्धको पवित्र अस्तु धातुको दर्शन पहिलो चोटि गराउने भएको छ। सर्प वर्षको स्वागतमा गरिने यस कार्यक्रममा सांस्कृतिक तथा धार्मिक कार्यक्रम हुने आयोजकले जनाएको छ। कार्यक्रमको सामान्य रुपरेखा निम्न बमोजिम रहेकोे छ।

१. बुद्ध अवशेष ( बुद्धको पवित्र अस्तु धातु ) को दर्शन

मिति: शुक्रबार, फेब्रुअरी २८, २०२५ र शनिबार, मार्च १, २०२५
समय: बिहान ७:०० बजे देखि बेलुका ८:०० बजे सम्म।
स्थान: शेर्पा किदुग गुम्बा (४१-०१ टेन्जिङ नोर्गे शेर्पा वे, ७५औं स्ट्रिट, एल्महर्स्ट, NY ११३७३)

२. शेर्पा किदुगमा लोसार उत्सव:
मिति: आइतबार, मार्च २, २०२५
स्थान: शेर्पा किदुग (४१-०१ टेन्जिङ नोर्गे शेर्पा वे, ७५औं स्ट्रिट, एल्महर्स्ट, NY ११३७३)

अन्य गतिविधि: विभिन्न परम्परागत शेर्पा सांस्कृतिक कार्यक्रम । धर्म गुरुहरुद्वारा धार्मिक नृत्य प्रस्तुत ।

३. युनाईटेड शेर्पा लोसार सांस्कृतिक कार्यक्रम:

मिति: शनिबार, मार्च ८, २०२५
समय: साँझ ६:०० बजे देखि राति २:०० बजे सम्म
स्थान: तिब्बती सामुदायिक केन्द्र (५७-१२ तिब्बत वे, ३२औं एभ, वुडसाइड, NY ११३७७)
मुख्य आकर्षणहरू:
सांस्कृतिक प्रस्तुतिहरू: शेर्पाहरुको भाषा, संस्कृति र पोशकलाई जीवन्त राख्ने सेब्द्रो नृत्य र टुङ्नाको सांगीतिक धुन
विशेष सांगीतिक अतिथि: नेपाली सांगेतिक क्षेत्रकि लोकप्रिय गायिका प्रविशा अधिकारी । स्थानीय शेर्पा गायकहरू।
विशिष्ट अतिथिहरू: विभिन्न संघ संस्थाका सामाजिक अभियन्ताहरु ।
शेर्पा परम्परागत नृत्य: शेर्पा संस्कृति केन्द्र रिग्शुङ लोप्टाबाट विशेष शेर्पा परम्परागत नृत्यको प्रदर्शन ।
बिशेष आकर्षण : नेपाली फिल्म उद्योगका ख्याती प्राप्त कोरियोग्राफर गोविन्द राईको एकल नृत्य ।

खाना र नास्ता , चिया, सफ्ट ड्रिंक्स र डिनरको व्यवस्था हुनेछ। स्थानीय वाइन, च्याङ पनि उपलब्ध हुनेछ।

टिकट:
टिकट शेर्पा किदुगमा उपलब्ध हुनेछ । थप जानकारीको लागि र टिकट खरिद गर्न कृपया # ७१८७७९७३०० मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

तपाईको प्रतिक्रिया