३० जनवरी २०२१ हङकङ ।क्रान्ति सुब्बा।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २८  वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  २  केस आयातित  जसमध्ये एकजना कार्गो एयर क्रीउका सदस्य अमेरिकाबाट र एकजना पाकिस्तानबाट आएका यात्रु परेका छ्न र २६ केस  स्थानीय  रहेकाछ्न।

  ती स्थानीय केस मध्ये  २०   केसको सम्बन्ध पुर्व केससंग रहेको  छ भने ६ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकोछ  । हङकङमा कुल कोरोना केस १०,४०० पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   ७  महिना देखि ८५ वर्ष बीचका ११ जना पुरुष र १७ जना महिला परेकाछ्न।

स्थानीय केस अन्तर्गत ८ जना याउ चिम मोङ जिल्लाबाट  आएकाछ्न भने पाँच जना याउमा तेइको निर्दिष्ट उच्च संक्रमण एरियाबाट आएकाछ्न। साम सोइ पोबाट एउटा पनि केस आएको छैन भने  काउलुन सिटि जिल्लाबाट ६ केस आएकोछ ।तर एकजना पनि हुङ हामको उच्च जोखिम निर्दिष्ट एरियाबाट आएका छैनन्

  १० केस हङकङका विभिन्न कम्युनिटी टेस्टिङ सेन्टरबाट आएकाछ्न ।
६ जना अज्ञात स्रोतबाट आएकाहरु मध्ये एकजना डाक्टर रेमण्ड लाम प्राइभेट क्लिनिककि नर्स परेकी छिन । जुन क्लिनिकको ठेगाना हो- रुम नम्बर ११३A, च्याम्पियन बिल्ड्डिङ, ३०१-३०९ नाथन रोड , याउ मा तेइ। यो क्लिनिककि अर्कि एकजना नर्स संक्रमितसंगको संसर्गमा पर्ने सुचीमा परेकी छिन। २६ देखि २९ जनवरीको अवधिमा यो क्लिनिक  भ्रमण जस जसले   गरेका थिए  उनीहरु अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने भएकाछ्न। र क्लिनिक १४ दिनको लागि  बन्द भएकोछ।

२ वटा केस अनिवार्य परिक्षणमा जाने सुचीभित्र परेका एकजना वृद्ध महिला र उनको डोमेस्टिक हेल्पर परेकाछ्न।उनिहरुको ठेगाना शुन अन बिल्डीङ , तुङ ओन स्ट्रीट  मङ कोक रहेकोछ। अनिवार्य टेस्टिङ लिस्टमा परेको यो भवनका ६ वटा फ्लाटबाट  जम्मा ११ जना परेकाछ्न।

हो मान तीन स्टेटको यी मान हाउसबाट एकजना वृद्ध महिला पनि पोजिटिभ पुष्टि भएकी छिन। यो भवनको तीन वटा फ्लाटबाट जम्मा ६ जना वासिन्दा अहिले सम्म पोजिटिभ भएकाछ्न।
विमानस्थलको तेस्रो रनवेको कन्स्ट्रक्सन साइटबाट ५ वटा केस आएकाछ्न । यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ। यो साइटको लागि आज अनिवार्य परिक्षणमा जानू पर्ने  सूचना जाहेर हुने भएकोछ।

आज सांझ ६.१५ बजे एकजना ४६ वर्षकी दीर्घ रोगबाट पीडित  महिलाको देहावसान कोभिड -१९ बाट क्युइन एलिजावेथ अस्पतालमा भएकोछ।
स्वस्थ रक्षण केन्द्रले आज जनाएको एक मृतक (केस नं १०३२४) समेत गरेर सरकारी अस्पतालमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ। र हङकङमा कोभिड- १९ बाट मृत्यु हुनेको कुल संख्या १७९ पुगेको छ।

हङकङमा सामाजिक दुरि सम्बन्धि नियम फेब्रुअरी ३ सम्म जारी छ। कोरोना भाइरस चौथो लहरलाई काबुमा ल्याउन उच्च जोखिम एरिया तोक्ने, एक जना आरम्भिक वा पुर्ण पोजिटिभ पुष्टि भएको भवनलाइ अनिवार्य कोरोना टेस्टको सुचीमा राख्ने, भवनको ढलमा भाइरसको उपस्थिति निश्चित समय सम्म निरन्तर रहेमा आवश्यकताअनुसार लकडाउन गर्ने , अति जोखिम भएको स्थानलाई कोर एरिया भनेर तोकिदिने र प्रतिबन्धित क्षेत्र घोषणा गरिदिने जस्ता कार्य हङकङ सरकारले गर्दै आएकोछ।

याउ चिम मोङ जिल्लाबाट आएको केसको विवरण :

<<今天確診>>
<<Today’s confirmed case>>

本區Our district:

केस नम्बर :10382 油麻地長樂街24 號 (非封區內)
24 Cheong Lok Street, Yau Ma Tei (Not the restricted area)

油尖旺其他區:
Yau Tsim Mong other districts:

केस नम्बर : 10375 尖沙咀金鑾大廈
Majestic House, Tsim Sha Tsui

केस नम्बर : 10383,10387,10388油麻地順安大廈
Shun On Building, Yau Ma Tei

केस नम्बर : 10393 尖沙咀加連威老道59號
59 Granville Road, Tsim Sha Tsui

तपाईको प्रतिक्रिया