३१ जनवरी २०२१ । काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलिकी पुर्व स्वकीय उपसचिव तथा युवा नेत्री मिना श्रेष्ठले उदयपुर जिल्ला ,वेलका नगरपालिका, वार्ड नम्बर – ७ , मुल गाउँको मैना मैनी माध्यमिक विद्यालयका वालवालिकालाई न्यानो कपडा वितरण गरेकीछिन।
गृहजिल्ला सुनसरी गएको बखत उदयपुर जिल्ला स्थित  मैनामैनी राजदरबारको भंग्नावशेष नियाल्न गएकोबेला संबंधित विद्यालय उनी पुगेकी थिइन। बालबालिकाको दयनीय अवस्था देखेपछि श्रेष्ठले आफ्नो पहलमा केहि गरिदिने प्रतिबद्धता जनाइन र सोही अनुरुप केही मनकारी साथीहरूसंगको सहकार्यबाट यो न्यानो कपडा वितरण कार्यक्रम माघ तीन गते संपन्न गर्न सफल भएको कुरा बताइन।
करिब ७२ जना बालबालिकालाई  कपडा वितरण पश्चात आफू हर्षित भएको कुरा मिना श्रेष्ठले आफ्नो फेसबुक वालमा यसरी राखेकी छिन- “मैनामैनी माध्यमिक विद्यालय  उदयपुरका बालबालिकाहरुलाई न्यानो कपडा सहित एक हृदय स्नेह बाडेर आएको छु, उनीहरुको खुशी भित्र आफ्नो खुशी प्राप्त गरेको छु, सबै बाबु नानीहरुको उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गर्दछु ।”

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेकी युवा नेत्री  श्रेष्ठले सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा  यस्ता स साना पहल कदमीबाट  सहयोग पुग्ने कुरा बताइन।

कार्यक्रममा बिशेष अतिथि पानी जहाज संचालक पर्यटन ब्यवसायी नबिन पौडेल, वडा अध्यक्ष सुरेन्द्र राइ, स्कुल ब्यस्थपान समिति अध्यक्ष ओम बहादुर राइ, सदस्य नेसन राई, स्थानीय बुद्धिजीवी हरु भुवन राई, नारायण भक्त राई, नीर बहादुर राई, तुलाराज राईको समेत उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया