आजबाट हङकङका स्थानीय हवाई सेवाहरुले सम्पुर्ण यात्रुहरूलाई अब उप्रान्त बिएनओ राहदानी प्रयोग गरेर हङकङ प्रवेश गर्न नपाइने सूचना जाहेर गरेको छ।

हङकङ एयरलायन्स र क्याथे पेसिफिक दुबै हवाई सेवाले आफ्नो वेव साइटमा बिएनओ पासपोर्टलाई अध्यागमन मामिलाको कुरा क्लियर गर्न र आफ्नो परिचयमुलक कागजातको रूपमा हङकङभित्र प्रयोग गर्न नपाइने कुरा उल्लेख गरेकोछ।
अब उप्रान्त हङकङ प्रवेश गर्दा र हङकङबाहिर जादा हङकङ वासिन्दाले हङकङ सार पासपोर्ट अथवा स्थाइ परिचयपत्र प्रयोग गर्नु पर्दछ भनेर हवाई सेवाले भनेको छ।

” हाम्रो एयरपोर्टको टिमले आफ्नो फ्लाइटमा चढ्न पुर्व प्रत्येक  यात्रुलाई आफ्नो  मान्यता प्राप्त कागजात देखाउन अनुरोध गर्दछ।”

हङकङ सरकारले आज उप्रान्त बिएनओ पासपोर्टलाई एउटा वैध यात्रा कागजात अर्थात परिचायक दस्तावेजको रूपमा मान्यता नदिने भएकोछ।

बेलायत सरकारले हङकङका बिएनओ बाहक र उनको परिवारलाई युके गएर बस्न र काम गर्न  पाउने भिसा दिने भएको निर्णय गरेको थियो । युके बसेको पाँच वर्ष पछि निजले स्थाइकरणको लागि आबेदन पनि दिन सक्नेछ  र अन्तत: बेलायती नागरिक पनि  बन्न सक्नेछ ।
बेलायत सरकारले  गत वर्षको जुलाईमा जब हङकङले राष्ट्रिय सुरक्षा कानुन लागू गर्यो तब यस्तो निर्णय गरेको  थियो र अहिले आएर प्रतिशोध स्वरुप हङकङ सरकारले बिएनओलाइ नै कागजको खोस्टा बनाइदिएको स्थिति छ।

तपाईको प्रतिक्रिया