अमेरिका ।अमेरिकी राष्ट्रपति ट्रम्पले “अमेरिकालाई फेरि फिट बनाऔं” ( Make America fit again ) भन्ने एक कार्यकारी आदेश माथि जुलाई ३१ तारीख हस्ताक्षर गरेका छ्न । अमेरिकाको सरकारी स्कुलहरुमा राष्ट्रपति फिटनेस टेस्टलाई पुन: लागु गर्ने उदेश्य अनुरुप यो आदेश जारी गरिएको हो।
“यो एक गजबको परम्परा हो र हामी यसलाई पुनः लागु गर्दैछौं,” ट्रम्पले बिहीबार ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गर्दा भनेका थिए ।
सरकारी स्कुलका विद्यार्थीलाई तन्दुरुस्त रहन प्रेरित गर्ने उदेश्यका साथ सन १९५६ मा राष्ट्रपति फिटनेस टेस्ट स्थापना गरिएको थियो तर ओबामा प्रशासनको समयमा चरणबद्ध रूपमा यसलाई २०१३ देखि बन्द गरिएको थियो।
यसै सन्दर्भमा खेलकुद जगतबाट विश्व स्तरीय कीर्तिमान कायम गर्न सफल पार्कोर खेलाडी दिनेश सुनार र उनका साथीहरूले केही समयअघि देखि सामाजिक सञ्जाल मार्फत स्वस्थ जीवनशैली र नियमित व्यायामको सन्देश फैलाउदै आएका थिए । अहिले आएर राष्ट्रपती स्वयंले अमेरिकालाई स्वास्थ्य र तन्दुरुस्त राख्ने नितिलाई पुनर्जीवित पारेपछि आफ्नो अभियानले सिधै राष्ट्रपतिबाट समर्थन प्राप्त भएको अनुभव दिनेशले गरेका छ्न।
स्वस्थ सम्बन्धि जागरुकता ल्याउने यस अभियानलाई राष्ट्रव्यापी बनाउने अठोटका साथ नरेश र उनको समुहले सबैलाई हिँड्ने, दौडने, जिम जाने, पार्कोर गर्ने वा कुनै पनि माध्यमबाट शरीरलाई सक्रिय राख्न प्रेरित गरिरहेको छ।
“राष्ट्रपतिको समर्थन पाउँदा हामी चकित र सम्मानित महसुस गरिरहेका छौं,” दिनेश सुनार भन्छन् र थप्छन् – “यो केवल हाम्रो व्यक्तिगत सफलता होइन – यो सम्पूर्ण अमेरिकी जनता र विश्वका लागि एक प्रेरणादायी क्षण हो। हाम्रो सन्देश सरल छ: चलौं, व्यायाम गरौं, स्वस्थ बनौं।”
२० पटक गिनीज वर्ल्ड रेकर्ड राख्न सफल दिनेश सुनार उनको निर्मल सहिदको समूहले अब देशभर विभिन्न समुदाय र शहरहरूमा फिटनेस कार्यक्रम, वर्कआउट मीटअप र च्यालेन्जहरू सञ्चालन गर्ने योजना बनाइरहेका छन्।
“हाम्रो यो अभियानको शुरुआत भएको छ ” निर्मल भन्छन् । “हामी अमेरिकाको प्रत्येक राज्य, प्रत्येक समुदायसम्म पुग्न चाहन्छौं। तपाईं जुनसुकै उमेरको हुनुहुन्छ, फिट हुनुहुन्छ वा सुरु गर्दै हुनुहुन्छ — फिटनेस सबैका लागि हो।”
सबैलाई #MakeAmericaFitAgain# ह्यासट्याग प्रयोग गरी आफ्नो व्यायाम यात्रा साझा गर्न सबैलाई आग्रह पनि गरिएको छ।