१ फेब्रुअरी २०२१। हङकङ ।क्रान्ति सुब्बा ।

हङकङले कोभिड – १९ भ्याक्सिनलाई फेब्रुअरीको अन्त तिर जनमानसमा पुर्याउने लक्ष्यका साथ तमाम पुर्व तयारी थालेको छ।
निजामती सेवाका प्रमुख पेट्रीक निपको भनाइ अनुसार फाइजर – वायोएन्टेकसंग संबंधित  रोग प्रतिरक्षण कार्यक्रम कम्तीमा पनि छ महिनाको अवधिभर चल्नेछ । सरकारले सार्वजनिक र निजि दुबै अस्पताललाई खोप वितरणको लागि आवश्यकिय सरसुबिधा तयार गर्न अनुरोध गरिसकेको छ।
” प्रत्येक दिन १२ घन्टा संचालन हुनेगरी जम्मा १८ वटा खोप केन्द्रहरु स्थापना गरिनेछ्न । अस्पताल प्राधिकरण तथा स्वास्थ विभागका पेशेवर व्यक्ति र   प्राइभेट डाक्टरहरु एक साथ यो कार्यमा खटिनेछ्न। भ्याक्सिन कार्यक्रमको  प्रशासनिक क्षेत्र हेर्नको लागि हामीले निजामती कर्मचारीलाई भर्ना गर्न थालिसकेका छौं।” उनले भने।
सरकारले पहिला चीनिया नयाँ वर्ष सकिनासाथ फेब्रुअरीको मध्य  ताका भ्याक्सिन ल्याउने कुरा गरेको थियोे । अब चाहिँ समयभित्र नै भ्याक्सिन आउने गरि बायोएन्टेक संग कुरा भएको छ निपले भने।
वायोएनटेक कम्पनीबाट हङकङ आउने दस लाख थान भ्याक्सिनका प्रथम भागिदार वृद्धगृहमा काम गर्ने स्टाफ र बासिन्दा हुनेछ्न। त्यसपछि अस्पतालका कामदार र ज्येष्ठ नागरिक पर्नेछ्न।
जोर्डनमा भएको ४४ घन्टा लामो लक डाउनले बिशाल परिमाणमा जनजीवन प्रभावित भएका कारण अब हुने लक डाउनहरु साना स्केलका एकैरातमा समाप्त हुने खाल्का हुनेछ्न।

वास्तवमा हङकङ सरकारले साइनोभ्याकको भ्याक्सिन पनि यहि महिनाबाट व्यापक ढंगले   खोप वितरण गर्ने योजना बनाएको थियो । तर साइनोभ्याकले आफ्नो तेस्रो चरणको परिक्षण परिणाम तथ्यांक सार्वजनिक गर्न नसकेको कारण मार्च महिनाबाट मात्र यो भ्याक्सिन वितरण हुने भएकोछ।

तपाईको प्रतिक्रिया