काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ताको वातावरण बनाइरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लवका नेतालाई भेट गरेका छन् ।

नख्खु जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई खानेपानीमन्त्री मणी थापाले मंगलबार बिहान भेटवार्ता गरेका हुन् । विप्लव समूहमा विप्लबपछिका नेता ओली तेस्रो तहमा छन् ।

आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले पुष्टि गरेका छन् । के विषयमा कुराकानी भयो भन्नेबारे भने केही खुलाएका छैनन् ।

तपाईको प्रतिक्रिया