२ फेब्रुअरी २०२१।हङकङ । क्रान्ति सुब्बा ।

हङकङको तीन स्थानमा सरकारले एम्बुस लकडाउन जारी गरेकोछ। यो लकडाउन घोषणा सरकारले बेलुकी सात बजे पश्चात् गरेको हो। ती स्थान हुन

१.तीन सुन वाइ इलाकामा पर्ने हेङ लोक हाउस , तिङ लोक स्टेट

२. जोर्डन इलाकामा पर्ने २३-२७ च्यङ लोक स्ट्रीट ,२२- २८ च्यङ लोक स्ट्रीट, १३ चि वो स्ट्रीट र ३२२- ३२६A नाथन रोड

३. साम सोइ पो इलाकाको २३९-२६३ कि लुङ स्ट्रीट, २५६- २८० ताइ नान स्ट्रीट, र ६०- ७४ पेइ हो ट्रीट ।

यी एरियाका वासिन्दाले अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने हुन्छ र टेस्टको रिजल्ट नआइन्जेल कसैले पनि आफ्नो वतन छोडेर कतै जान पाउने छैनन् ।यो बन्दाबन्दी भोलि बिहान सात बजे सम्म कायम रहनेछ।

स्मरण रहोस् हिजो मात्रै सरकारले चार स्थानमा आश्चर्यजनक एम्बुस लक डाउन गरेको थियोे जहाँ एउटा पनि संक्रमित फेला परेको थिएन । हङकङ सरकार प्रमुख क्यारी लामका अनुसार शुन्य केस परिमाणको रूपमा आए पनि आम जनताको स्वास्थ सुरक्षाको लागि एम्बुस लक डाउन जारी रहनेछ शुन्य संक्रमण केसको स्थिति नआइन्जेल सम्म।

तपाईको प्रतिक्रिया