दार्जिलिङ ।भारत । दिपक राई।

ग्लोरी मिडिया प्रोडक्सन, नेपालको ब्यानरमा, भारतको  कालेबुङबाट निर्मित नेपाली इसाई पारिवारिक चलचित्र ” यथार्थ” ( The Reality) को प्रदर्शन आगामी २६ र २७ फरवरी २०२१ मा कालेबुङबाट हुने जानकारी प्राप्त भएको छ। कालेबुङ, पेदोङ,  दार्जीलिङ,खरसाङ, सिक्किम, जयगाउँ, सिलगढी आदी क्षेत्रका नवोदित कलाकारहरूलाई समेटेर निर्माण गरेको यस चलचित्र एक विशुद्ध इसाई पारिवारिक चलचित्र हो। अतित सुब्बा, बिपना थापा, समीर कश्यप छेत्री,  एन्जल राई, प्रतीक थुलुङ, लेखराज राई, मिना थापा, रजिना राई आदिको प्रमुख भुमिका रहेको यस चलचित्रको छाँयाङ्कन भारतको कालेबुङ, पेदोङ, कास्योङ, रम्फू, र नेपालको मोरङ, धनकुटा,सुनसरी र उदयपुर जिल्लामा गरिएको छ।
कथा/ सम्वाद/ लगानी ( निर्माता)  श्री दिपक सोलोमन राईको रहेको छ भने चलचित्रलाई श्री सिर कुमार साम्पाङ(नेपाल) ले निर्देशन गरेका छन्। तकनिकी क्षेत्रमा निकै सशक्त ढंगमा निर्माण गरेको यस चलचित्रमा कुल चारवटा गीतहरु समावेश गरिएको छ जसको गीतकार / संगीतकार क्रमशः  दिपक सोलोमन राई, अतित सुब्बा र प्रेम मोक्तान हुनुहुन्छ भने संगीत संयोजन इजाज अलिको रहेको छ। अतित सुब्बा, एन्जिला मोक्तान, पास्टर सुनाम काबो र जुही बसुमतरिको मीठो स्वरमा सजिएको उक्त गीतहरुको छाँयाङ्कन भारत र नेपालमा गरिएको छ।
इसाई पारिवारिक चलचित्र भएता  पनि सबै धर्म, जात र वर्गकाले हेर्न सकिने यस चलचित्रको मुल उदेश्य भनेको परिवार र  समाजको वास्तविकतालाई कलात्मक ढंगमा प्रस्तुत गर्दे एक सभ्य र आशिषित परिवार र समाजको निर्माण गर्नु रहेको छ।
चलचित्रलाई कालेबुङमा मात्र प्रदर्शन नगरेर खरसाङ, दार्जिलिङ, सिलगढी, सिक्किम, जयगाऊँ, भारतको अन्य प्रान्त र विदेशमा पनि चाडै प्रदर्शन गरिने जानकारी चलचित्र निर्माण टोलीले बताएको छ।

तपाईको प्रतिक्रिया