३ फेब्रुअरी ।२०२१। हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा कोरोना भाइरस संक्रमणको संभावित स्रोतलाई पहिल्याएर शुन्य संक्रमणमा लक्ष्य अनुरुप आज पनि एम्बुस लकडाउन जारी गरिएकोछ। निशाकालिन लकडाउनको घोषणा आज बेलुकी सात बजेतिर भएको हो जसमा हङकङका निम्न दुई स्थान परेकाछ्न ।

१. टावर-१ , गुडभिउ गार्डन, चुन मुन

२.मे वा हाउस ,हिङ वा स्टेट,११ वाइ चुइ रोड चाइ वान।

यी माथिका आवासीय वतनमा विगत १४ दिनको अवधिमा एकेक वटा कोरोना पुष्ठि केस फेला परेकाथिए । लकडाउन भोलि बिहान सात बजे सम्म रहनेछ। यस भवन निवासी प्रत्येक ले अनिवार्य कोरोना परिक्षण गर्नु पर्नेछ।र बन्दाबन्दीको अवधि भर कसैले पनि वतन छोड्न पाइने छैन। परिक्षणको रिजल्ट प्रकाशित भएपछि मात्रै लकडाउन खुला गरिनेछ।

तपाईको प्रतिक्रिया