गायक फुल कुमार बम्जम र गायिका सुमिना लो को स्वरमा नयाँ गीत ‘म्हेनिङ ल्होछार’ सार्वजनिक गरिएको छ । फुलमान कै संगीत रहेको गीतमा दुधमान पाख्रिनको शब्द रहेको छ ।

गीतको भिडियोमा तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको गहकिलो शब्द श्रृङ्गारलाई उत्तिकै मिठास गरिएकाले प्रस्तुत गरिएको छ । भिडियोमा बुद्धि तामाङ (हैट) र शिवानी पाख्रिनको मुख्य अभिनय रहेको छ । यस्तै तामाङ चलचित्रका नायक संदीप स्याङतान, टुल्साङ मोक्तान, कृस्टी घिसिङ, सुजिना गोले र सोनी दोङलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियो राजधानीको स्वयम्भुमा खिचिएको हो ।

भिडियोमा दिनेश पाख्रिनको निर्देशन तथा कोरियोग्राफी छ भने संजय लामाले खिचेका हुन् ।

https://www.youtube.com/watch?v=iFVoTfwcygg&feature=emb_title

तपाईको प्रतिक्रिया