४ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारले एम्बुस लकडाउनलाई निरन्तर जारी राखेको आज पाचौं रात हो। प्रतिबन्धित- परिक्षण घोषणाका नाममा भएको यस्तो कार्वाही इलाकाबाट केवल एक कोभिड केस मात्र हात लाग्न सफल भएकोछ।
आज बेलुकी सात बजेबाट दोस्रोपटक निम्न एरिया एम्बुस लक डाउनमा मात्र होईन प्रतिबन्धित क्षेत्रमा समेत परेकोछ। ७A -२७A पिट स्ट्रीट, २-५० तुङ अन स्ट्रीट ,८३३-८८९ क्यान्टोन रोड र १०-१६ डुन्डास स्ट्रीट।
आज बेलुकी आठ बजे निम्न स्थानमा पनि लक डाउन गरेकोछ- ६४७-६५१ सांघाइ स्ट्रीट , मेन्डारिन कोर्ट, मङ कोक । यो भवनमा विगत १४ दिनको अवधिमा तीन वटा कोभिड केस फेला परेको थियोे ।
सरकारले प्रतिबन्धित क्षेत्र भनेर घोषणा गरेका विभिन्न ईलाका बाट गत १४ दिनमा जम्मा ४२ वटा कोभिड -१९ केसहरु आएका छ्न। जस अन्तर्गत पिट स्ट्रीटबाट २२ केस ,सिजन मेन्सनबाट ३ केस , अर्किड कोर्ट बाट ४ केस, शन ओन बिल्डिङबाट १२ केस र शन फङ बिल्ड्डिङबाट १ केस आएका छ्न। यी इलाका मध्ये पिट स्ट्रीट दोस्रो चोटि लकडाउनमा गएको हो।
आज रातको लक डाउन भोलि बिहान सात बजे तिर अन्त गर्ने लक्ष्य सरकारको रहेकोछ। लक डाउनको अन्त भएपछि मात्र बासिन्दाले आफ्नो ठेगाना छोड्न सक्नेछ्न।अनिवार्य कोरोना परिक्षण भेटिए जति सबैले गर्नु पर्दछ र परिक्षणको नतिजा लक्डाउनको समाप्ति पुर्व नै आएको हुनु पर्दछ।