४ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर  अल्बर्ट आउ ले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र १९ केस  स्थानीय  रहेकाछ्न। ९ वटा केस स्थानीय टेस्टिङ सेन्टरहरुबाट आएकाछ्न।

  ती स्थानीय केस मध्ये  ९  केसको सम्बन्ध पुर्व केससंग रहेको  छ भने १० केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकोछ  । हङकङमा कुल कोरोना केस १०,५५३ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   ९   देखि ९१ वर्ष बीचका १४ जना पुरुष र ८ जना महिला परेकाछ्न। आज ३० जना प्रारम्भिक पोजेटिभ केस फेला परेकाछ्न।

३  आयातित केसमा  १ यात्रु नेपालबाट आएका परेकाछ्न। १ जना कार्गो एयरक्रीउ सदस्य रशियाबाट र एकजना ब्राजिलबाट आएका यात्रु रहेकाछ्न।

आज उपलब्ध अज्ञात स्रोतवाला एक जना  बिरामीको ठेगाना याउ मा तेइको स्पेसिफाइड एरियाको ४२ टेम्पल स्ट्रीट रहेकोछ। आजका बिरामीहरुमा कोहि बेरोजगार , कोहि ब्यापारी , सेवानिवृत ,क्लर्क, सेक्युरिटी गार्ड ,विद्यार्थी ,र रेष्टुरेन्टमा काम गर्ने आदि परेकाछ्न।

आजको एकजना बिरामी विमानस्थलको तेस्रो रनवे कन्स्ट्रक्सन साइट्मा काम गर्ने मानीसको निकट संसर्गमा रहेको व्यक्ति परेकाछ्न। यो विमानस्थल क्लस्टरबाट जम्मा संक्रमित संख्या २२ पुगेकाछ्न जस भित्र १४ जना कामदार र ८ जना घनिष्ठ संसर्गमा रहने व्यक्ति परेकाछ्न।

आज थप सात वटा भवन अनिवार्य कोरोना परिक्षण सुचीमा गएकाछ्न।
१. सेरेनिटी प्लेस ,८८ पो होङ रोड , चुङ क्वान ओ

२.वो यात हाउस , वो मिङ कोर्ट, चुङ क्वान ओ

३.शुङ ओइ हाउस ,४१सुङ कित स्ट्रीट, हुङ हाम

४.कुन नाम हाउस, २३ यान हिङ स्ट्रीट, ताइ पो

५.१६ किम्बरली स्ट्रीट , चिम शा चुइ

६.वाङ फङ बिल्डिङ , युन लङ

हन७.हेङ होङ हाउस , हेङ ओन स्टेट, १ हाङ काम स्ट्रीट , मा ओन सान

तपाईको प्रतिक्रिया