काठमाण्डौमा ‘ मिस फेस अफ नेपाल २०२१ ’ भव्य आयोजना हुने भएको छ ।

चिटिक्क मिलेको शरीर र आफू भित्र यथेष्ट प्रतिभा भएर पनि आफ्नो प्रतिभा देखाउनु बन्चित रहनु भएका अविवाहित महिलाहरुको लागि ड्रिम्स ईन्टरटेनमेन्टको आयोजनामा नेपालमै पहिलो पटक मिस फेस अफ नेपाल २०२१को आयोजना हुन लागेको हो ।

आफू भित्र भएको क्षमताका बावजुद अवसरबाट वन्चित ईच्छुक महिलाहरुका लागी प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी लुकेका प्रतिभा प्रस्फुटन गराउन यस कार्यक्रमको उद्देश्य रहेको आयोजक तथा नेपालकै पहिलो प्लस साईज मोडल तथा मिस वाक र मिस स्माइल टप अफ द वल्र्ड प्लस साईज २०१८ बिजेता सपना राईले जानकारी दिईन ।

प्रतियोगीता मा सहभागी हुनका लागि ईच्छुकहरुका लागी केहि प्रावधान तोकिएको छ जस अनुसार उमेर १६ वर्षदेखि ३० वर्षको अविवाहित महिलाहरू हुनुपर्नेछ भने शारिरिक तवरले जिउडाल मिलेको हुनुपर्नेछ। उचाईको सीमा भने तोकिएको छैन ।
अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई उनीहरुको व्यक्तित्व विकासका लागी प्रभावकारी विशेष प्रशिक्षण दिइने जानकारी कार्यक्रम आयोजक हाङ चेम्जोङले दिएका छन् ।

मिस फेस अफ नेपाल २०२१ शो विजेताले नगद रु ५०००० प्राप्त गर्नेछ । त्यस्तैगरी फष्र्ट रनरअपले रुपैयाँ २५०००हजार प्राप्त गर्नेछन् भने सेकेण्ड रनरअपले रुपैयाँ १०००० हजार प्राप्त गर्नेछन् ।

मिस फेस अफ नेपाल २०२१ विजेयताले मिस एण्ड मिसेस विश्व सुन्दरी मिस तप अफ द वर्ड , मिस एण्ड मिसेस युनिभर्सको प्रतिनीधित्व गर्न पाउने कार्यक्रमका प्रशिक्षक तथा कार्यक्रम निर्देशक सपना राईले जानकारी दिईन ।

सहभागी बन्न निम्न स्थानहरुमा पाइनुका साथै तलको लिंकमा गएर अनलाईन फाराम भर्न सकिनेछ ।https://forms.gle/hKGir4KJqKZNexH5A
ड्रिम्स ईन्टरटेनमेन्टको अफिस लाजिम्पाट
सम्पर्क : ९८०५३४५६७५/९८२८०३२५३७

तपाईको प्रतिक्रिया