५ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर  च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३७ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र ३४ केस  स्थानीय  रहेकाछ्न।

  ती स्थानीय केस मध्ये  २५  केसको सम्बन्ध पुर्व केससंग रहेको  छ भने ९ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकोछ  । हङकङमा कुल कोरोना केस १०,५९० पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   १० महिना   देखि ८७ वर्ष बीचका १७ जना पुरुष र २० जना महिला परेकाछ्न। आज २० जना प्रारम्भिक पोजेटिभ केस फेला परेकाछ्न।

३  आयातित केसमा   १ जना कार्गो  पाइलट  रशियाबाट  एकजना पाकिस्तानबाट आएका यात्रु र एकजना घानाबाट आएका यात्रु रहेकाछ्न।

आजको एकजना बिरामी विमानस्थलको तेस्रो रनवे कन्स्ट्रक्सन साइट्मा काम गर्ने मानीसको निकट संसर्गमा रहेको व्यक्ति पोजिटिभ पुष्टि भएकाछ्न भने थप एक जना पोजेटिभ पुष्टिवाला थपिएका छ्न ।

अज्ञात स्रोतबाट आएका ९ जना रोगीहरु निम्न इलाकामा बस्नेहरु परेका छ्न – १.चुन मुनको निशेधित एरिया , २.क्यारिवियन कोस्ट , तुङ चुङ ३. मा थाउ वाइ स्टेट ४.गोल्ड कोस्ट ५.मङ कोक ६. साइ यिङ पुन ७. २६ क्युइन्स रोड वेस्ट, स्यङ वान । यी माथि उल्लेख सबै भवनलाई अनिवार्य परिक्षण सुचिमा राखिसकिएकोछ। चुन मुन निशेधित एरियामा हिजो प्रारम्भिक पोजिटिभ लिस्टमा परेका रोगी कोभिड- १९ बाट निको भैसकेको रोगी भएको पता लागेकोछ।

यस अघि संक्रमित भएका केस नम्बर ९१०६ र ९१३३ रोगी द्वय कोरोना भाइरसको परिवर्तित स्वरुप बेलायती प्रजाती ( N501Y) बाट संक्रमित भएको पुष्टि भएकोछ। बेलायती नश्लको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हङकङमा १८ पुगेकोछ। २ जना रोगी कोरोना भाइरसको दक्षिणी अफ्रिकी नश्लबाट संक्रमित छ्न भने थप ८ केस टुंगो लाग्ने प्रक्रियामा छ्न।

तपाईको प्रतिक्रिया