६ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

युन लङको एउटा प्राइभेट स्टेट र मा ओन शानको एउटा पब्लिक हाउजिङ ब्लक शुक्रबार बेलुकी हङकङ सरकारको एम्बुस स्टाइलको लकडाउनमा परेकाछ्न।कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक यस किसिमको कार्वाही थालेको हो।

मा वाङ रोड , फु लोइ गार्डन, युन लङको दुइटा ब्लकलाई लक डाउनमा जाने आदेश सरकारले बेलुकी सात बजे जाहेर गरेको हो।

लकडाउनका कारण निशेधित इलाकाको रूपमा तोकिएको यस क्षेत्रमा बस्ने बासिन्दाले पूर्वाह्न २ बजेभित्र अनिवार्य कोरोना परिक्षण गराउनु पर्नेछ। कि त संबंधित निवासीले बुधबार र शुक्रबारको बीचको अवधिमा कोरोना टेस्ट गरेको हुनु पर्दछ र नतिजा नेगेटिभ हुनौ पर्दछ।

मा ओन शानमा पर्ने हेङ ओन स्टेटको हेङ कोङ हाउसमाथी बेलुकी ७:३५ बजे लक डाउन लागू भएको थियो । यस भवन निवासीले यदि मंगलबार देखि शुक्रबार बीचको अवधि टेस्ट गरेको र नतिजा नेगेटिभ रहेको अवस्था हो भने पुन परिक्षणमा जानू पर्दैन ।

यी दुबै स्थानको परिक्षण शनिबार बिहान सात बजे सम्ममा सक्ने लक्ष्य रहेकोछ।

तपाईको प्रतिक्रिया