६ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले कोरोना भाइरस संक्रमण प्रकोपलाई निस्तेज पार्न एम्बुस स्टाइलको गुरिल्ला लकडाउन १७ स्थानमा विगत ११ दिन भित्र गरिसकेकोछ। तत भवनहरुमा संक्रमणको स्थिति गम्भीर भएको अनुमान गरिएको थियो । तर परिक्षणबाट केवल दुइजना मात्र पोजिटिभ पुष्टि १७ स्थानमा भएको लकडाउनमा देखिनुले लकडाउन गर्नुको औचित्य माथि प्रश्न उठेकोछ।

तर संक्रामक रोग विशेषज्ञ युन क्वक यङले भने सरकारको लकडाउन अभियानलाई नगन्य केस भेटिएको भएता पनि समर्थन गरेकाछ्न।

सरकारले शुक्रबार बेलुकी जारी गरेर शनिबार बिहान सकेको युन लङ र माओन सान लकडाउनमा जम्मा १,०३३ जनाको कोरोना परिक्षण भएको थियोे जसबाट समेत शुन्य संक्रमण भेटियो।

हिजो जारी युन लङको निशेधित लक डाउन एरियामा दुई जनाले अनिवार्य कोरोना परिक्षणमा जान असफल भएका कारण दुबै जनालाई जनही हङकङ डलर ५ हजार जरिवाना भएकोछ।

मा ओन शानको निशेधित लकडाउन एरियामा जम्मा १,०४० वटा फ्लाको ढोकामा कर्मचारीहरु पुगेका थिए जसमा ९६ परिवारको ढोका खोलिएन।

युन लङको लकडाउनमा भने २८८ वटा फ्लाट कार्वाहीमा परेको थियो जसमा २९ घरका मानिसले ढोका खोलेनन।

तपाईको प्रतिक्रिया