काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागारिक समाजले आज पनि काठाडौंमा प्रदर्शन गरेको छ । बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले आज शनिबार काठमाडौंको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ुसंवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौुं लेखिएको प्लेकार्ड देखाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा प्रदर्शन भइरहेका छन् । हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया