ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित दुईवटा ईट्टा उद्योगले संचालन गरेका दिवा शिशु स्याहार केन्द्रमा संयुक्त रुपमा अनुगमन गरिएको छ ।

बाल विकास समाज, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र ललितपुर महानगरपालिकाका वडा २२, बुङ्गमति, ललितपुर महानगरपालिकाको बाल संरक्षण समितिद्वारा नेवा ईट्टा उद्योग र ओम श्री (श्री नं.१) ईट्टा उद्योगमा संचालित दिवा शिशु स्याहार केन्द्रमा संयुक्त अनुगमन गरिएको हो ।

दिवा शिशु स्याहार केन्द्रका सहजकर्ताहरुका अनुसार दैनिक रुपमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई समयमै केन्द्रमा पु¥याउने र लिन आउने गरेका छन् ।

ईट्टा उद्योगमा दिवा शिशु स्याहार केन्द्रको स्थापनाले आफूहरुलाई निकै सजिलो भएको ईट्टा उद्योगका श्रमिकहरुले बताए । शिशु स्याहार केन्द्र सुरु भएपछि आफूहरुले आफ्नो समयमा काम पाएको र बालबालिकाहरुको शिक्षा, पोषण र स्वास्थ्य स्थितीमा पनि सुधार हुँदै गएको श्रमिकहरुको भनाइ छ ।

दिनभरी मजदुरी गर्नुपर्ने बाध्यताका कारण ईटा उद्योगमा कार्यरत श्रमिकहरुले आफ्ना छोराछोरीको खानपान, स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक आधारभूत आवश्यकताहरु पूरा गर्न नसकिरहेको अवस्थामा दिवा शिशु स्याहार केन्द्र स्थापना भएपछि आफूहरुले निकै सुरक्षित महसुस गरेको पनि अभिभावकको भनाइ छ ।

संयुक्त अनुगमन कार्यक्रममा अनुगमन टोलीको रुपमा वडा २२, बुङ्गमति, ललितपुर महानगरपालिकाका वडा सदस्य एवम् बाल संरक्षण समितिका अध्यक्ष जुना मिजार, वडा सदस्य जमुना तामाङ्ग, बाल संरक्षण समितिका सदस्यहरु, बाल विकास समाजका कार्यकारी समितिका महासचिव काजीबाबु पाण्डे, वल्र्ड भिजन ईन्टरनेश्नल नेपालका परियोजना संयोजक भरत तामाङ्ग, बाल विकास समाजका कार्यक्रम अधिकृत प्रकाश महर्जन, मील अधिकृत दिपक उप्रेती र संरक्षक अधिकृत श्रृजना दाहालको सक्रिय उपस्थिति रहेको थियो ।

अनुगमनका क्रममा एउटा स्याहार केन्द्रमा ३० देखि ३५ जनासम्मका बालबालिकाहरुको उपस्थिति रहेको पाईएको थियो ।

दिवा शिशु स्याहार केन्द्रको भवन सम्बन्धित ईट्टा उद्योगका व्यवसायीहरुद्वारा निर्माण गरिएको हो भने वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा बाल विकास समाजले ईट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजनामार्फत केन्द्रको व्यवस्थापनलगायत बालबालिकाहरुलाई हेरचाह र पठनपाठनको निम्ति प्राविधिक सहयोग गरिरहेको बाल विकास समाजका संरक्षक अधिकृत श्रृजना दाहालले जानकारी दिइन् ।

 

तपाईको प्रतिक्रिया