६ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

तो क्वा वान इलाकाको मा हाङ चुङ रोडमा पर्ने वा फात बिल्डिङमा आज बेलुकी ८ बजे सरकारले धराप लकडाउन लागू गरेकोछ। बन्दाबन्दीको अवधिभर निशेधित एरियामा परेका कुनै पनि व्यक्तिले अनिवार्य कोरोना परिक्षण गर्नु पर्नेछ र सबैको नतिजा प्रकाशित भएपछि मात्रै वतन छोड्न पाइनेछ। भोलि बिहान सात बजे निशेधाज्ञा हटाउने लक्ष्य सरकारले लिएकोछ।

चुन मुन इलाकामा पर्ने गोल्ड कोस्ट फेज- २ को ब्लक ९ अर्को निशेधित क्षेत्र हो जहाँ भोलि बिहान ८:३० सम्मको लागि लकडाउन जारी भएकोछ।

बेलुकी ८ बजे ठूलो संख्यामा प्रहरीहरु आएर वा फात बिल्डिङलाई सिल गरेका थिए । अध्यागमन बिभागका अधिकारीहरु आएर प्रहरीलाई सघाएका थिए । अज्ञात स्रोतबाट आएका केसका कारण यस भवनलाई अनिवार्य परिक्षण सुचीमा राखिएको हो।

वा फात बिल्डिङबाट ८७ वर्षीय पुरुष कोरोना पोजेटिभ भएका थिए भने गोल्ड कोस्ट बाट ५१ वर्षीय पुरुष लक्षणहिन कोरोना पोजिटिभ परेका थिए ।

तपाईको प्रतिक्रिया